Logo कार्तिक ९, २०७७ आइतबार


‘सरकारको विरोध गर्नकै लागि मास्क लगाउन थालियो’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पछिल्लो समय सरकारको विरोध गर्नकै लागि मास्क लगाएर हिड्न थालेको बताउनुभएको छ ।

शुक्रबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मास्क नलगाएर पनि हिड्न सकिने अवस्थामा आफ्नो र सरकारको विरोध गर्नकै लागि माक्स नलगाउनेहरुले पनि माक्स लगाएर हिड्न थालेको बताउनुभयो ।

‘म प्रधानमन्त्री हुँदा मास्क नलगाई हिड्न नसकिने अवस्था थियो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तर अहिले मास्क नलगाए पनि हिड्न सकिने अवस्था छ ।’ साथै उहाँले सरकारको विरोधकै लागि मास्क लगाएर हिड्नाले स्वास्थ्यको लागि फाइदा हुने स्पष्ट पार्नुभयो ।

कतिपयले मास्क लगाउन बिर्सिसकेको भएपनि आफूले बोलेपछि फेरि मास्क किनेर लगााउन थालेको उहाँको भनाइ छ । उहाँले पुरै काठमाडौंलाई धुलोमुक्त बनाउन राजधानीका सबै सडकहरु पिच गर्नुपर्ने बताउनुभयो । सबै काम एकैपटक नहुने भएकोले सरकारले क्रमश आफ्नो कामलाई निरन्तरता दिएको उहाँको तर्क छ ।

प्रधानमन्त्री ओलीले केहीदिनअघि एक औपचारिक कार्यक्रममा काठमाडौं उपत्यका आहिले मास्क लगाएर हिड्नुपर्ने अवस्था नरहेको बताउनुभएको थियो । प्रधानमन्त्रीको भनाइको चर्को आलोचना भएपछि बिहीबारको बैठकमा पनि उहाँले मास्कको प्रसङ्ग निकाल्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

त्यतिकैमा जेठो छोरोको बोली वाण, तीर र भाला बनेर च्वास्स बिज्यो मनमा । अनि २२० भोल्टको करेन्ट लाग्यो जिउमा, एटम…

विभिन्न जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका हाे ।

काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ ।

'कृषि क्षेत्रमा भएका कामहरु सञ्चारमाध्यममा त्यत्ति आउन सकेन' मन्त्री भुसालले गुनासो गर्नुभयो ।