‘बालबालिकालाई शैक्षिक सामग्री’

बलवीर भुजेल
सिन्धुली । कमलामाई नगरपालिकाले बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

नगरपालिकाभित्र रहेका सानैमा आमाबुबा गुमाएका तथा अलपत्र अवस्थामा रहेका ७५ अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।

बालबालिकालाई झोला, पोषाक, कापीकलम, पेन्सील र औजार बक्स वितरण गरिएको छ ।

आफ्ना आफन्तसँग आश्रय लिएर बसेका, असहाय तथा आर्थिक रुपमा विपन्न बालबालिकालाई पनि शैक्षिक मूल धारमा ल्याउन र शिक्षामा पहुँच पुर्‍याउनका लागि शैक्षिक सामग्रीहरु वितरण गरिएको नगर प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

‘आर्थिक अभाव र गरिबीका कारण यस नगरभित्रका कुनै पनि बालबालिकाले शिक्षाबाट बञ्चित हुन नपरोस्’, प्रमुख खत्रीले भन्नुभयो, ‘अनाथ र आर्थिक रुपले विपन्न बालबालिकालाई प्राथमिकतामा राखेर आवासिय विद्यालय सञ्चालन गर्न नीति तथा कार्यक्रम पारित गरिएको छ ।’

छुटेका बालबालिकालाई अभियान नै सञ्चालन गरी शिक्षाको मुलधारमा ल्याउने प्रमुखको भनाइ छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

महरालाई म्याद थप्नको काठमाडौं) जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

पत्रपत्रिकामा मन्त्रिमण्डल हेरफेरको तयारी भइरहेको समाचार समेत छापिएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनीको फेरेन्सिक जाँच गरिएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– सामूहिक काममा जस मिल्नेछ, वाेलीको प्रभाव रहनेछ । वृष–सम्मानमा आघात पुग्नेछ । काममा आलोचना मिल्नेछ । मिथुन– व्यावसायिक यात्रा…