Nic

आइफा गर्ने निर्णयबाट सरकार पछि हटेको छैन

विनु तिम्सिना
विराटनगर । संघीय मामिला तथा कानुन मन्त्री भानुभक्त ढकालले इन्टरनेशनल इन्डिया फिल्म अवार्ड (आइफा) कार्यक्रम काठमाडौंमा आयोजना गर्ने निर्णयबाट सरकार पछि नहटेको बताउनुभएको छ ।

मोरङ व्यापारसंघको आयोजनामा विराटनगरमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री ढकालले बताउनुभएको हो । उहाँले आइफा अवार्ड कार्यक्रम आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै विभिन्न मिडियामा भ्रमपुर्ण सामाचार आएको दाबी गर्नुभयो ।

मिडियाहरुमा आएका समाचार प्रायोजित रुपमा आएको भन्दै उनले सरकार आईफा अवार्डबाट पछि हटेको समाचार प्रकाशन र प्रसारण गरेर आत्मरतिमा रमाउने काम भएको उल्लेख गर्नुभयो ।

सरकारको लगानी भन्दा पृथक ढंगले कार्यक्रम आयोजना गर्ने मोडालिटिमै रहेको बताउँदै उहाँले नेकपा ठुृलो पार्टी भएकाले धेरै नेता कार्यकर्ता हुँदा कार्यक्रमका विषयमा केहि अभिव्यक्तिहरु आएपनि त्यो आधिकारीक नभएको स्पष्ट पार्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

किसानलाई पेन्सनको सुविधा दिने निर्णय गर्ने बुढीगङ्गा मुलुकै पहिलो स्थानीय निकाय हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशको मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ ।

दुवै पक्षले अनौपचारीक रुपमा विभिन्न खालका नेतालाई वार्ताको वातावरण बनाउन परिचालन गरे पनि ‘औपचारीक पत्र’मा गएर अड्किएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कार्यमा  प्रशंसा मिल्नेछ, प्रतिष्ठा बढेर जानेछ । वृष– सामाजिक काममा रुचि जानेछ, यात्राको सुख मिल्नेछ । मिथुन– योजनामा रोकावट हुनेछ, मानसिक अशान्ति आउनेछ…

भवन मंगलबार बिहान ११ बजे भत्किएको जनाइएकाे छ ।