जर्मनीले नेपाललाई ३ अर्व २ करोड सहयता दिने

काठमाडौं । जर्मन सरकारले नेपाललाई ३ अर्व २ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

अर्थ सचिव डा. राजन खनाल र नेपालका लागि जर्मनका राजदुत रोलान्ड सेफरबीच शुक्रबार काठमाडौंमा जर्मनले नेपाललाई आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपालको दूर्गम क्षेत्रको सौर्य इनर्जी, शिक्षा तथा स्वास्थ्य सेवामा उचित व्यवस्थापन गर्न जर्मनले सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी गरिएको सचिव खनालले जानकारी दिनु भयो ।

कार्यक्रममा बोल्दै नेपालका लागि जर्मनका राजदुत सेफरले नेपालको दुर्गम क्षेत्रको पूर्वाधार विकासका लागि जर्मन सरकार आवश्यक सहयोग गर्न सदा तयार रहेको बताउनु भएको थियो । जर्मनले नेपालको सामाजिक–आर्थिक विकासका लागि आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रममा अर्थ सचिव खनालले नेपालको पूर्वाधार विकास तथा शिक्षा र स्वास्थ्यको क्षेत्रमा जर्मनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नु भएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

महरालाई म्याद थप्नको काठमाडौं) जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

पत्रपत्रिकामा मन्त्रिमण्डल हेरफेरको तयारी भइरहेको समाचार समेत छापिएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनीको फेरेन्सिक जाँच गरिएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– सामूहिक काममा जस मिल्नेछ, वाेलीको प्रभाव रहनेछ । वृष–सम्मानमा आघात पुग्नेछ । काममा आलोचना मिल्नेछ । मिथुन– व्यावसायिक यात्रा…