रितको शतकमा सिंगापुरमाथि नेपालको शानदार जित

काठमाडौं । मलेसियामा जारी एसीसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको छ ।

नेपालले दिएको ३ सय २६ रनको लक्ष्य पछ्याएको सिंगापुरले ३९.१ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ९ रनमा समेटियो । सिंगापुरका लागि हरि कुक्रेजाले सर्वाधिक ३० रन बनाए । कन्नुसमी सतिशले २४ र चन्द्र मौली श्रीदेवले २३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

बलिङतर्फ नेपालका कुशल मल्ल एक्लैले ४ विकेट लिए । यस्तै तिलकराज भण्डारीले २ विकेट लिँदा, सागर ढकाल र रसिद खानले समान एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४ विकेटको क्षतिमा ३२६ रन बनाएको हो । प्रारम्भिक ब्याट्सम्यान रित गौतमले शतकीय पारी खेल्दा नेपालले स्कोर बोर्डमा ३०० रन कटाउन सफल भएको हो । गौतमले अविजित रहँदै ११५ रन बनाए ।

अर्का प्रारम्भिक ब्याट्सम्यान खडकबहादुर बोहराले ९० रन बनाए । पवन सर्राफ भने अर्धशतक बनाउनबाट चुके । उनी ४५ रन बनाएर बाहिरिएका थिए । पहिलो विकेटका लागि रित गौतम र पवन सर्राफले ९२ रनको साझेदारी गरेका थिए । १५ औं ओभरको चौथो बलमा सर्राफ बाहिरिँदा स्कोर बोर्डमा नेपालले ९२ रन जोडिसकेको थियो ।

त्यस्तै, दोस्रो विकेटका लागि रित गौतम र खडकबहादुर बोहराबीच १३१ रनको साझेदारी भएपछि नेपाल बलियो अवस्थामा पुगेको हो । दोस्रो विकेटका रुपमा खडकबहादुर ४० औं ओभरको पहिलो बलमा बाहिरिँदा नेपालले २२३ रन बनाएको थियो ।

तेस्रो र चौथो विकेट नेपालले चाँडै गुमायो । ४० औं ओभरकै पाँचौं बलमा विशाल विक्रम केसी व्यक्तिगत एक रन बनाएको अवस्थामा बाहिरिए भने रोहिकुमार पौडेल ४३ औं ओभरको अन्तिम बलमा ७ रन बनाएको अवस्थामा बाहिरिए । पाँचौं विकेटका रुपमा रित गौतम र कुशल मल्लबीच गतिलो साझेदारी भएको थियो । दुवैबीच ४२ बलमा ८२ रनको साझेदारी भयो ।

मल्लले विस्फोटक ब्याटिङ गर्दै २३ बलमै अर्धशतक प्रहार गरे । उनले चार चौका र पाँच छक्का प्रहार गरे । उनी ५१ रनमा अविजित रहे ।

पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । सिंगापुरविरुद्धको जितसँगै नेपाल समूह विजेता भएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- काममा बाधा आउनेछ, अरुले निगरानी गर्नेछन् ।  वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट मुक्ति मिल्नेछ,…

अध्यक्ष पुप्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल त्रिगुटमा अहिले सचिवालय मात्र होइन, सिङ्गो पार्टी संरचना कोल घुमेजस्तै घुमिरहेको छ…

अहिले नियमित ६ जना महिला घरमै मुढा बुनेर तयारी भएपछि ल्याउने गरेको भट्टराईको भनाइ छ ।

नेकपाको आइतबार बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज छिनोफानो गरेको हो ।

पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकाँश क्षेत्रमा पहिरोको जोखिम रहेको हो ।

नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिका लागि ७ वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।