मन्त्रालयका पाँच विषय विशेष प्राथमिकतामा

काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मन्त्रालयले मुलतः पाँच विषयलाई विशेष प्राथमिकतामा राखेर सोही अनुसारका कार्यक्रम र योजना बनाई अघि बढेको प्रष्ट पार्नुभएको छ ।

राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत आफ्नो मन्त्रालयमा विनियोजित बजेटमाथि बैठकमा उठेका प्रश्नको सम्बोधन गर्दै उहाँले १५औं योजना अनुसार नै मन्त्रालयले कार्यक्रम र योजनालाई प्राथमिकतामा राखेको बतानुभएको हो ।

भूमिहिन सुकुम्बासी, दलित, मुक्तकमैया (हलिया, हलवा चरवा, कम्लरी लगायत पिछडिएका र सिमान्तकृत वर्गको भूमि र भूमि स्रोतमा पहुँच पुर्याउने, भू–उपयोग व्यवस्थित ढंगबाट लागु गरी उत्पादकत्व र आर्थिक वृद्धि हासिल गर्ने, आधुनिक नाप नक्साका प्रविधि अबलम्बन गरी नापजाँच र भू–सूचना उत्पादन र वितरण गर्ने, जग्गा प्रशासनलाई पारदर्शी बनाई कम्युटर प्रणालीबाट सेवा प्रवाह सुनिश्चित गर्ने र सरकारी सार्वजनिक र गुठी जग्गाको उचित संरक्षण सम्वद्र्धन र विकास गर्ने तथा आधुनिक प्रविधियुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ मन्त्रालय अघि बढेको अर्यालको भनाइ थियो ।

भूमिहिन दलितलाई संविधान अनुरुप जग्गा उपलब्ध गराउने सम्बन्धमा कानुन पास भईसकेको र नियमावलि समेत तयार भएर नेपाल सरकारबाट स्वीकृतको चरणमा रहेको भन्दै अर्यालले नियमावलि पास भएपछि कार्यान्वय प्रक्रिया अघि बढ्ने बताउनुभयो ।

विगतमा सरकारले दलितलाई उपलब्ध गराएको जमिनका बारेमा जोत भोगको अधिकार मात्रै उपलब्ध गराएको भए अन्य प्रयोजनमा प्रयोग गर्न नसकिने भन्दै उहाँले तात्कालिन अवस्थामा जग्गा कसरी उपलब्ध गराईएको थियो भन्ने बुझ्नु आवश्यक रहेको बताउनुभयो । जोखिमयुक्त वस्ती सार्ने तथा भूमिसँग जोडिएका अन्य विषयको सम्बोधन भूमि ऐन मार्फत सम्बोधन हुने मन्त्री अर्यालको भनाइ थियो ।

राष्ट्रिय सभा सदस्य रामप्रित पासवानले संविधानको धारा ४० को उपधारा ५ र ६ मा राज्यले भूमिहिन दलितलाई कानुन बमोजिम एकपटक जमिन उपलब्ध गराउनुपर्ने र आवासविहिन दलितलाई बसोबासको व्यवस्था गर्ने भनिएको भन्दै सरकारले जीविकोपार्जनवापत कति र आवासबापत कति जमिन उपलब्ध गराउने योजना छ भनि प्रश्न गर्नुभएको थियो ।

गुठीको मर्म भावनामा प्रतिकुल असर नपर्ने गरी मन्त्रालय अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री अर्यालले ललिता निवास लगायतका विषयमा छानविन भईरहेको पनि प्रष्ट पार्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

नेपाल निर्माण व्यवसायी संगठन सुदूरपश्चिम प्रदेशको संयोजकमा कमानसिंह धामी चयन हुनुभएको छ ।

राजविराजमा कोठा तोडफोड गर्ने युवाको रिहाइ गर्न प्रदर्शन भएकाे छ ।

राजविराजमा शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका छन् ।