‘गल्ती स्वीकार गर्न माग’

काठमाडौं । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य विजय सुब्बाले स्थानीय तहको कर्मचारी भर्नासम्बन्धि लोक सेवा आयोगलाई दिइएको निर्देशनमा गल्ती गरिएछ भनेर स्विकार गर्न सभापति शशी श्रेष्ठसँग माग गर्नुभएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद समेत रहनुभएका सुब्बाले शुक्रबार समितिको बैठकमा लोक सेवा आयोगले खुलाएको विज्ञापनमा के–के रहेछ भन्ने थाहा नभई लोक सेवा आयोगलाई निर्देशन दिईएको पाइएको उल्लेख गर्दै गल्ती स्विकार गरेर अघि बढ्न समितिका सभापति श्रेष्ठसँग माग गर्नुभएको हो ।

‘लोक सेवा आयोगले खुलाएको विज्ञापनमा के–के रहेछ भन्ने थाहा रहेनछ, लोक सेवा आयोगको ऐन कहाँ छ ? त्यहाँ समावेशी सिटहरु कति छन् ? थाहा भएपछि बोल्नुपर्ने सांसद सुब्बाको प्रस्ताव थियो, ‘अहिलेसम्म थाहा रहेनछ, अब लोक सेवा आयोगसँग विज्ञापन सम्बन्धमा पुनः जानकारी मागौं, थाहा पाऔं, लियौं अनि गल्ती गरिएछ भनेर समिक्षा गरौं ।’

समितिले दिएकोे निर्देशन विपरित सर्वोच्च अदालतले विज्ञापन नरोक्न लोक सेवा आयोगलाई आदेश दिएपछि त्यो निर्देशन गलत थियो भनि स्विकार गर्न सुब्बाले समितिका सभापति श्रेष्ठलाई दवाव दिनु भएको हो । सांसद सुब्बाले समितिको निर्देशनप्रति असहमति जनाउनुभएको थियो । समितिको बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले लोक सेवा आयोगले हालसम्म खुलाएको खुला र समावेशी कोटाबारे जानकारी लिनुपर्ने बताउनुभएको थियो । हालसम्म आयोगले कति कर्मचारीलाई बढुवा गर्‍यो भन्ने जानकारी नभएका कारण पनि लोक सेवा आयोगबारे जनतामा गलत सूचना गएको र त्यसलाई सच्याउन जरुरी रहेको उहाँको भनाइ थियो ।

सांसद बडुले लोक सेवा आयोगले खुलाएको विज्ञापन समावेशी भए/नभएको पुनः आयोगसँग बुझ्नुपर्ने बताउनुभयो। बैठकमा समितिका सभापति शशी श्रेष्ठले पनि लोक सेवा विज्ञापन सम्बन्धमा लोक सेवा आयोगसँग पुनः छलफल गर्ने बताउनुभएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- काममा बाधा आउनेछ, अरुले निगरानी गर्नेछन् ।  वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट मुक्ति मिल्नेछ,…

अध्यक्ष पुप्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल त्रिगुटमा अहिले सचिवालय मात्र होइन, सिङ्गो पार्टी संरचना कोल घुमेजस्तै घुमिरहेको छ…

अहिले नियमित ६ जना महिला घरमै मुढा बुनेर तयारी भएपछि ल्याउने गरेको भट्टराईको भनाइ छ ।

नेकपाको आइतबार बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज छिनोफानो गरेको हो ।

पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकाँश क्षेत्रमा पहिरोको जोखिम रहेको हो ।

नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिका लागि ७ वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।