जब विनोदले काटेकाे १६ लाखकाे चेक बाउन्स भयाे…

इलाम । चेक बाउन्स गरेको कसुरमा इलाम प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

इलाम जिल्ला सुर्योदय नगरपालिका ११ वस्ने विनोद मोक्तानले खातामा रकम नभई सोह्र लाखको चेक काटी ताप्लेजुङकोे चुङ्गदा शेर्पालाई दिएका थिए । धेरैपटक चेक काटेर दिएपनि खातामा पैसा नभएपछि शेर्पाले प्रहरीमा उजुरी गरेका थिए । शेर्पाको उजुरीको आधारमा मोक्तानलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

फरार अभियुक्त पक्राउ
यस्तै प्रहरीले ठगी आरोपमा दुई जना फरार अभियुक्तलाई पनि पक्राउ गरेको छ । झापा जिल्ला अदालतले ०७४ साल मंसिर २ गते गरेको फैसालाका आधारमा एक–एक वर्ष कैद सजाय तोकेता पनि फरार रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मेची नगरपालिका ७ बस्ने गणेश कुमार श्रेष्ठ र मेची नपा वडा नम्बर ६ बस्ने बालकुमार बस्नेतलाई पक्राउ गरेर झापा जिल्ला अदालतमा फैसला कार्यान्वयनको लागि बुझाएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरिक्षक हिराबहादुर पाण्डेले जानकारी दिनुभएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कालान्तरसम्म नेपालका सबै पार्टीहरुको एकता गर्दै एकिकृत कम्युनिष्ट पार्टी निर्माणमा जबज मियो बन्ने देखिन्छ ।

आज (शनिबार) बिहान भूकम्प भएको छ ।

नेपालमा ९ हजार ७ सय डाक्टर आवश्यक पर्छन, तर हजार डाक्टर नेपालमा अपुग रहेका छन् ।

मेष–काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ । वृष– पारिवारीक रमाइलो बढ्नेछ । वैवाहिक कुरा चल्नेछ । मिथुन–खेलकुदमा मन जानेछ…

छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ, विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्दैन ।

राजनीतिक दल मुलुकको समृद्धिको लागि संविधान निर्माणमा जस्तै एकतावद्ध हुनुपर्छ ।