नारायण थापाभक्तपुर । विश्व सम्पदामा सूचिकृत भक्तपुरको पाँचतले मन्दिरमा झण्डोत्तोलन गर्दै मन्दिर निर्माण भएको ३ सय १७ वर्ष पूरा भएको अवसरमा पुजा गरिएको छ । मुलुककै सबैभन्दा अग्लो प्यागोडा शैलीमा निर्मित मन्दिर झण्डोत्तोलनका लागि अवाललाई गुठी संस्थानले १० हजार रुपैयाँ उपलब्ध गराउँछ ।
नेपाल संवत् ८२२ असार शुक्ल प्रतिपदामा निर्माण पूरा भएको मल्ल राजा भूपतीन्द्र मल्लले बनाउन लगाएको अभिलेख रहेको छ । अभिलेखमा मन्दिर निर्माण पूरा भएको असार शुक्ल प्रतिपदाका दिन ‘पहिलो वर्ष बन्धन’ पूजा गरिएको उल्लेख छ ।
सफाई तथा मर्मत वर्षैपिच्छे गर्नका लागि मन्दिरको गजुरमा झण्डा राख्दै पूजा गर्ने प्रचलन भएको डा. पुरुषोत्तम लोचन श्रेष्ठ बताउनुभयो । उहाँका अनुसार वर्षमा एकपटक भए पनि मन्दिरको विषयमा स्थानीयले जानकारी लिउन भन्ने उदेश्यले पूजासँगै तुछिमलाका अवालले गजुरमा झण्डोत्तोलन गर्ने प्रचलन रहेको उहाँले बताउनुभयो ।
‘इतिहास हेर्दा भक्तपुर पहिले नेपालकै राजधानी थियो । यक्ष मल्लका माइला छोरा रत्न मल्लले पछि स्वतन्त्र राज्य बनाए । त्यसपछि इलाका छोटो हुँदै गयो,’ धौभडेलले भने, ‘भुवन मल्लले राज्य आफ्नो अधिनमा राख्न बिस्काः जात्रालाई अरू ठाउँमा पनि देखाउने क्रम जारी राखे । त्यसैले हामी साँखु, तौमडी, बोडे लगायत ठाउँमा पनि बिस्केट जात्रा मनाएको देख्छौं ।’
‘रथस दोङा बिज्याक पिथ या दथिसं, यवसिङ थाङा थल जुत पिरतिसंलख मोल ल्हुल चुपिंगालया खुसिसं, लिथे त ख त ल्वात गालया हितिसंबसंत म्हेतले भईरव जगदिसं, ल्हाकम्हया गति मदु छि छम्हा वाहिकं’
यो भक्तपुरको सबैभन्दा ठूलो जात्रा बिस्काःको एउटा गीत हो । टौमडीमा भैरवनाथको रथ यात्रा सुरु भएसँगै ‘बिस्का’ जात्रा शुरु हुने गर्दछ । भैरवनाथको रथ तानेर पूर्वमा बुलुबुलु हिटी, सुकुलढोकासम्म र पश्चिममा नासमनासम्म लग्ने सीमा तोकिएको हुन्छ ।
आठ रात नौ दिनसम्म चल्ने यो जात्रामा वर्षको अन्तिम दिन बेलुकी ल्योसिङखेलमा यःसिं (लिंगो) उठाइन्छ भने वैशाख १ गते ढालिने प्रचलन रहिआएको छ । वैशाख ५ गते आ–आफ्नो मन्दिरमा भैरव र भद्रकाली पुगेपछि जात्रा सकिन्छ । यसैबीच भक्तपुरमा रहेका अष्टमातृका, भैरव र गणेश मन्दिर रहेका स्थानमा छुट्टाछुटै जात्रा हुने गर्दछ ।
संस्कृतिविद् ओम धौभडेलका अनुसार बिस्काः जात्रा लिच्छवीकालीन भएकाले यो जात्रा किराँतीलाई पराजित गरेपछि लिच्छवीहरूले मनाएको मानिन्छ । पछि मल्ल राजाहरु विश्व, जगज्योर्ति, रणजित लगायतले यो जात्रा विकसित गर्दै अहिलेको स्वरूपमा ल्याएको धौभडेल बताउँछन् ।
मुलुककै पुरानो र अग्लो पाँचतले मन्दिको संरक्षण भाबि पुस्ताको लागि पनि सरकारले नै यसको संरक्षणमा ध्यान दिनुपर्ने देखिन्छ ।