‘देशमा अनियन्त्रित आन्दोलनको खतरा’

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजका संस्थापक कृष्ण पहाडीले देशमा ‘अनियन्त्रित आन्दोलनको खतरा’ रहेको बताउनुभएको छ ।

‘देशमा विभिन्न बाहनामा बितण्डा मच्चाउने र अराजकता फैलाउने कार्य भइरहेको छ, यदि कसैले आन्दोलन गर्यो भने त्यो अनियन्त्रित हुने खतरा छ’ नेपाल पत्रकार महासंघद्वारा शुक्रवार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘ बितण्डा मच्चाउने कार्यमा विभिन्न समूह सक्रिय छन् । ज्योतिषीकै नाममा समेत बितण्डा मच्चाउन खोजियो । यसरी बितण्डा मच्चाउने र अराजकता फैलाउने कार्य बढ्ने हो भने देशमा अनियन्त्रित आन्दोलनको खतरा हुन्छ ।’

अधिकारवादी नेता पहाडीले कसैले आफूलाई मानव अधिकारवादी भन्दा घृणा लाग्ने गरेको उल्लेख गर्नुभयो । ‘कुनै बेला मानव अधिकारवादी हुँ भन्दा गर्व लाग्थ्यो तर अहिले घृणा लाग्छ’ उहाँले भन्नुभयो, ‘अहिले समाजको सबै क्षेत्रमा बिकृति छ । मानव अधिकारवादी भन्नेहरुमा झनै बिकृति छ । उनीहरुले मानव अधिकार नै बुझेका छैनन् ।’

अधिकारवादी नेता पहाडीले मानव अधिकार उल्लघन गर्नेहरुलाई जघन्य अपराधी मान्नुपर्ने  बताउनुभयो । ‘मानव अधिकार उल्लघंन र अपराध फरक पाटा हुन्’ उहाँले भन्नुभयो, ‘ मानव अधिकार उल्लघंन गर्ने कार्य जघन्य अपराध हो । मानव अधिकार उल्लघंनलाई विश्वमै जघन्य अपराध मानिन्छ ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

अध्यक्ष पुप्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल त्रिगुटमा अहिले सचिवालय मात्र होइन, सिङ्गो पार्टी संरचना कोल घुमेजस्तै घुमिरहेको छ…

अहिले नियमित ६ जना महिला घरमै मुढा बुनेर तयारी भएपछि ल्याउने गरेको भट्टराईको भनाइ छ ।

नेकपाको आइतबार बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज छिनोफानो गरेको हो ।

पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकाँश क्षेत्रमा पहिरोको जोखिम रहेको हो ।

नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिका लागि ७ वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

त्रियुगा नगरपालिका –९ राजाबासमा एक परिवारका ५ र कटारी नगरपालिका –४ सिसाघारीका २ परिवारका ७ गरी १२ जना बिरामी भएका…