साउनदेखि सामाजिक सुरक्षा कोष संकलन

काठमाडौं । सरकारले आगामी श्रावणदेखि सामाजिक सुरक्षा कोष संकलनको काम शुरु गर्ने जनाएको छ ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले अहिले सामाजिक सुरक्षा कोषमा सूचिकृत गर्ने काम भईरहेको र आगामी श्रावणबाट कोष संकलनको काम पनि शुरु गर्ने जानकारी दिनुभएको हो ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सामाजिक सुरक्षा कोषमा सूचिकृतहरुको संख्या भने उत्साहजनक नभएको पनि प्रष्ट पार्नुभयो । हालसम्म व्यक्तिगत रुपमा ३ हजार ४ सय र संस्थागत रुपमा १५ हजार रोजगार दाताहरुले मात्रै कोषमा आफ्नो नाम दर्ता गराएका छन् । कार्यकारी निर्देशक अधिकारीले बुझाउने कुरामा कमी भएका कारण पनि कोषमा नाम सूचिकृत गर्नेहरुको संख्यामा उल्लेख्य वृद्धि हुन नसकेको बताउनुभयो ।

श्रमिकहरुलाई समेत सेवा अवकाश पछि पेन्सन दिने योजनासहित सरकारले घोषणा गरेको यो कार्यक्रम उपयोगी रहेको अधिवक्ता गान्धी पण्डितले बताउनुभयो । उहाँले कोषले सेवा अवकाशपछि दिने उपचार खर्च लगायतको सुविधा गरिब समूदायको हितमा रहेको पनि प्रष्ट पार्नुभयो ।

सामाजिक सुरक्षा कोषमा सूचिकृत हुनेहरुको संख्या हाललाई उत्साहजनक नरहेपनि त्यसप्रति आकर्षण बिस्तारै बढ्दै जाने कार्यकारी निर्देशक अधिकारीको बिश्वास छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

अध्यक्ष पुप्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल त्रिगुटमा अहिले सचिवालय मात्र होइन, सिङ्गो पार्टी संरचना कोल घुमेजस्तै घुमिरहेको छ…

अहिले नियमित ६ जना महिला घरमै मुढा बुनेर तयारी भएपछि ल्याउने गरेको भट्टराईको भनाइ छ ।

नेकपाको आइतबार बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज छिनोफानो गरेको हो ।

पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकाँश क्षेत्रमा पहिरोको जोखिम रहेको हो ।

नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिका लागि ७ वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

त्रियुगा नगरपालिका –९ राजाबासमा एक परिवारका ५ र कटारी नगरपालिका –४ सिसाघारीका २ परिवारका ७ गरी १२ जना बिरामी भएका…