बढ्यो पेट्रोल र डिजलको मूल्य

काठमाडौं । भारतमा आज २०१९ को बजेट सार्वजनिक भएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले पेट्रोल र डिजलमा २–२ रुपैयाँ ट्याक्स लगाउने निर्णय गरेकी छन् । बजेट भाषणअनुसार त्यहाँको पेट्रोल र डिजलको मूल्य बढेको छ ।

अब पेट्रोलको मूल्यमा २ रुपैयाँ ५० पैसा भारु र डिजलमा २ रुपैयाँ ३० पैसा भारु बढेको हो । पेट्रोल र डिजलमा लगाइएको ट्याक्स सडक र अन्य पूर्वाधारहरु निर्माणमा लगाइने बजेट भाषणमा उल्लेख छ ।

अहिले दिल्लीमा पेट्रोलको मूल्य ७० रुपैयाँ ५१ प्रतिलिटर र डिजलको मूल्य ६४ रुपैयाँ ३३ पैसा प्रतिलिटर छ । अब यो रकममा क्रमशः २ रुपैयाँ ५० पैसा र २ रुपैयाँ ३० पैसा थपिने छ । जसबाट पेट्रोलको मूल्य ७३ रुपैयाँ र डिजलको मूल्य ६६ रुपैयाँ ३३ पैसा भारु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…

काठमाडौं । सुर्खेतमा कोरोना भाइरस संक्रमणबाट २० वर्षीय युवकको मृत्यु भएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ का…

डोटी । भारतबाट फर्किका २ महिलाले क्वारेन्टाइनमै शिशु जन्माएका छन् । दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले…