‘क्यानन्को नक्कली कार्टेज बिक्री’

प्रमोद कुमार साह
धनुषा । जनकपुरमा क्यानन् कम्पनीको इलेक्ट्रोनिक्स सामग्री भनेर नक्कली सामग्री बिक्री वितरण भईरहेका पाइएको छ ।

उद्योग विभागको निर्देशनमा जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको अनुगमनका क्रममा जनकपुरमा नक्कली प्रिन्टर लगायतका सामग्री फेला परेको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकिय अधिकृत दिनेश साहको नेतृत्वमा जनकपुर धाममा गरेको अनुगमनको क्रममा मेड इन चाइना लेखिएको नक्कली कार्टेज बिक्री भएको पाइएको हो ।

अनुगमनका क्रममा मिथिला कम्प्युटरबाट ६ थान, बिना कम्प्युटरबाट १२ थान, विशाल कम्प्युटरबाट २ थान लगायतका पसलबाट दुई दर्जन नक्कली कार्टेज फेला परेको थियो । पसलेलाई दुई दिनभित्र कागजात सहित उपस्थित हुन निर्देशन गर्दै सामान नियन्त्रणमा लिइएको छ ।

नेपालमा रहेको क्यानन् कम्पनीले गरेको उजुरीका आधारमा अनुगमन गरिएको जनाईएको छ । अनुगमन भएपनि कारबाही भने नहुने गरेको पीडितको गुनासो रहेको छ ।

कारबाही नहुनुमा आर्थिक चलखेल हुने गरेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष–अनावश्यक लाञ्छना लाग्नेछ । नयाँ काम बिग्रिन सक्नेछ । वृष– छोटो यात्राको सुख मिल्नेछ । वैवाहिक प्रेममा सुख मिल्नेछ ।…

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोरोनालाई पराजित गरेर ६ वर्षीया बालिका घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?

सरकारको काममा जनमासको विश्वास छाओस् । सरकारको जितमा नै जनताको खुशी र जित छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग्ने भएको छ । मन्त्रालयको बुधबारको बैठकले ‘हेल्थ…

काठमाडौं । संघीयता खारेज गर्न माग गर्दै संसदमा प्रस्ताव दर्ता भएको छ । संघीयताको पहिल्यैदेखि विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले…