वालिङ महोत्सवमा ३३ लाख बचत

हिमलाल पराजुली
स्याङ्जा । वालिङ उद्योग वाणिज्य संघले गत माघमा ‘हाम्रो गौरव हाम्रो सान वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ सञ्चालन गरेको महोत्सवबाट ३३ लाख ९५ हजार १ सय ६९ रुपैँया बचत गर्न सफल भएको छ ।

६ महिनापछि संघले शुक्रबार पत्रकार सम्मेलन गरी १३ दिनसम्म सञ्चालन भएको महोत्सवको आय–व्यय सार्वजनिक गरेको हो । कुल १ करोड ७९ लाख ९५ हजार ८ सय ९ रुपैयाँ आम्दानी गरेको महोत्सवमा १ करोड ४६ लाख ६ सय ३८ खर्च भएको संघका कोषाध्यक्ष ताराबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

बचत भएको रकमबाट महोत्सवको आयोजना गरिएको खेलमैदान व्यवस्थापनमा प्रतिटिकटको १ रुपैयाँ खर्च गरिनेछ भने अन्य रकम संघको सिटी हल स्तरोन्नति र व्यवसायीको हकहितका लागि खर्च गरिने संघले जनाएको छ ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष शोभाकान्त पौडेलले महोत्सव सञ्चालनका अवधिमा मौसम प्रतिकुलताका कारण समय लम्बिन जाँदा अनुमान गरे भन्दा केही खर्च बढेको बताउनुभयो । वालिङ महोत्सव समग्र वालिङको पहिचान गराउने उद्देश्यले प्रत्येक २/२ वर्षमा आयोजना गरिने भएकाले पहिलो प्राथमिकता पहिचान र दोस्रो आर्थिक आम्दानी भएको संघका अध्यक्ष पौडेलले बताउनुभयो ।

सातौं महोत्सव सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै अध्यक्ष पौडेलले प्राविधिक कारणले आयव्यय सार्वजनिक गर्न केही ढिला भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य चोपनारायण श्रेष्ठले समग्रमा महोत्सव सफल भएको बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- काममा बाधा आउनेछ, अरुले निगरानी गर्नेछन् ।  वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट मुक्ति मिल्नेछ,…

अध्यक्ष पुप्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल त्रिगुटमा अहिले सचिवालय मात्र होइन, सिङ्गो पार्टी संरचना कोल घुमेजस्तै घुमिरहेको छ…

अहिले नियमित ६ जना महिला घरमै मुढा बुनेर तयारी भएपछि ल्याउने गरेको भट्टराईको भनाइ छ ।

नेकपाको आइतबार बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज छिनोफानो गरेको हो ।

पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकाँश क्षेत्रमा पहिरोको जोखिम रहेको हो ।

नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिका लागि ७ वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।