पाँच हजार वर्षको पैंचो !

उसले भन्यो –
मैले फिर्ता लिनु छ तिमीसँग
पाँच हजार वर्षको पैंचो !

म किंकर्तव्यविमुढ छु
सोचिरहेछु
हैन यो मान्छे के भनिरहेछ ?

ऊ अघिल्तिर उभिएको छ
र भनिरहेछ
अलि छिटो गर
मलाई धेरै पर्खने फुर्सद छैन !

हिजो अस्ति
ऊ हरेक कुरा माग्न आउँथ्यो
मेरो पिँढीमा
देख्नासाथ झुक्थ्यो
हरेक कुरा सुरु गर्दा
‘मालिक’ भन्दै सुरु गर्थ्यो
हस मालिक हुन्छ मालिक
प्राय ऊ यत्ति मात्र बोल्थ्यो
आज एकाएक ऊ
पहलमान भएको छ
वलवान भएको छ
वाचाल भएको छ
मलाई थर्काउँदै भन्दै छ
छिटो गर बाजे छिटो गर
मलाई थप पर्खने फुर्सद छैन !’

यत्रो युग
उसलाई थाहै थिएन
यो ऐंचो पैंचोको कुरा
ऊ सोच्थ्यो-
कर्मले हारेर ऊ तल पर्यो
कर्मले जितेर म माथि परें
मेरा पुर्खाले रचेको
कर्म वाला जालभित्र
ऊ नराम्रोसँग फसेको थियो !

एकाएक आज
कसरी आयो ऊ
यसरी मेरो आँगनमा ?
कसरी खुल्यो त्यो गुप्ति रहस्य ?
र कसरी सिक्यो उसले
मलाई बेस्कन थर्काउँन ?
म आफैंभित्र हराएर सोच्दै छु
दिमागमा फन्फनी घुमिरहेछ
उही शब्द –
पाँच हजार वर्षको पैंचो !

पाँच हजार वर्षका
उसका पुर्खाका कङ्कालहरू बटुलेर
ऊ यसरी आयो पैंचो फर्काउँन
म डरले पानी–पानी भएको छु
लाजले रातो पिरो भएको छु
पछुतोले कालो अँध्यारो भएको छु

असंख्य कङ्कालहरू

मसँग माग्दै छन्
मैले उधारेका छाला
मैले फुटाएका आँखा
मैले थुतेका जिब्रा
मैले झिर रोपेका कान
मैले निचोरेका स्तन
मैले क्षत विक्षत पारेका योनी
र मैले उजाडेका थातबास !

मेरो आँगनमा
दुई थरी आवाज आइरहेछन
एक थरी उसको-
खै फिर्ता लेऊ खुरुक्क
पाँच हजार वर्षको पैंचो !
र अर्को मेरो
‘गुहार गुहार मलाई बचाऊ
म सवै फिर्ता गर्न तयार छु !’

यसरी सपनामा आउँने
र मलाई छेरभालु पार्ने
ती कङ्कालहरू को हुन ?
के यो सपना मात्रै हो ?
या यसको सम्बन्ध
मैले बाँचेको जीवनसँग पनि छ ?

फेरि अर्को रात
यसै गरी आयो भने सपनामा
दश हजार वर्षको पैंचो उठाउँन
अर्को कङ्कालको जुलुस
मैले के गर्ने होला ?
कसैसँग छ कुनै उपाय ?

-सुवर्ण चोक , भक्तपुर

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

अध्यक्ष पुप्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल त्रिगुटमा अहिले सचिवालय मात्र होइन, सिङ्गो पार्टी संरचना कोल घुमेजस्तै घुमिरहेको छ…

अहिले नियमित ६ जना महिला घरमै मुढा बुनेर तयारी भएपछि ल्याउने गरेको भट्टराईको भनाइ छ ।

नेकपाको आइतबार बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज छिनोफानो गरेको हो ।

पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकाँश क्षेत्रमा पहिरोको जोखिम रहेको हो ।

नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिका लागि ७ वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

त्रियुगा नगरपालिका –९ राजाबासमा एक परिवारका ५ र कटारी नगरपालिका –४ सिसाघारीका २ परिवारका ७ गरी १२ जना बिरामी भएका…