काठमाडाैं । तत्कालिन समयमा माओवादी हुँदै नयाँशक्तिमा प्रवेश गर्नुभएका देवेन्द्र पराजुली अन्ततः नेपाल कम्युनिस्ट पार्टी नेकपामा फर्किनुभएको छ ।
आफूले संघर्ष गरेको तत्कालिन माओवादी केन्द्र र तत्कालिन एमालेको वामगठबन्धनले नेपालको ७० वर्ष पुरानो कम्युनिस्ट इतिहासमा महत्वपूर्ण उपलब्धि भएको भन्दै पराजुली नेकपामा फर्किनुभएको हो ।
माओवादी केन्द्रमा रहँदा डा. बाबुराम भट्टराई गुटमा सक्रिय पराजुली भट्टराईले नयाँ शक्ति पार्टीको निर्माण गरेसँगै उतै लाग्नुभएको थियो । राजनीतिक जीवनमा अस्थिर तर संघर्षपूर्ण यात्रा गर्नुभएका पराजुलीसँगै शुक्रबार ७० भन्दा बढी नेताहरु नयाँ शक्ति पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन् ।
नेपालका दुई ठूला कम्युनिस्ट शक्ति एकताको अन्तिम चरणमा रहेकै बेला नेता पराजुलीले आफ्नो बाँकी राजनीतिक जीवन नेकपामा बिताउने संकेत गर्नुभएको छ ।
पराजुलीले नेकपामा फर्किएलगत्तै रेडियो जनता ८९.१ मेगाहर्जको कार्यक्रम समय सम्वाद मार्फत् जनताका लागि आफूले पनि हिजोका दिनमा निकै कष्टप्रद यात्रा गरेको र अबका दिनमा जनअपेक्षा नै नेकपाको रणनीतिक भिजन भएकाले सँगसँगै यात्रा गर्ने बताउनुभयो ।
आफूले के पाएँ के गुमाए भन्दापनि मुलुकको परिवर्तनको साझेदार भएको उहाँको दाबी थियो ।
राजनीतिक जीवनबाट त्यति धेरै चर्चा बटुल्न नसक्नुभएका पराजुलीसँग जनता रेडियोका लागि पत्रकार खेम बमले गर्नुभएको कुराकानीः
https://www.facebook.com/radiojanata89.1/videos/869240216790599/