काठमाडौं । काठमाडौबाट प्रकाशित हुने राष्ट्रियस्तरका पत्रपत्रिकाले आइतबार बिषादी परीक्षणको बिषयलाई लिएर नेपाल–भारतबीच तरकारी तथा कृषिजन्य उत्पादन आयात निर्यातमा भइरहेको विचलोलाई प्राथमिकता दिएका छन् । पत्रपत्रिकामा त्यही बिषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रै भइरहेको विरोध र कांग्रेसभित्रै गुटबन्दी झ्न चर्किदै गएको समाचार पनि प्रकाशित भएको छ ।
नयाँ पत्रिका दैनिक– भारतले बेलाबखत बिषादी तथा गुणस्तर परीक्षणको नाममा तरकारीसहित नेपालका कृषिजन्य तथा जडिबुटी लगायतका उत्पादनलाई निकासीमा अवरोध गर्ने गरेको छ । नेपालको अदुवा, अलैंची, चिया, तथा जडिबुटी निकासीमा गैरभंसार अवरोध गर्दै आएको छ । अहिले पनि नेपालमका ७९ जडिबुटी निकासीमा रोक लगाएको छ ।भारतीय प्रहरी तथा कर्मचारीले नेपाली निकासीकर्तासँग अवैध रुपमा प्रतिट्रक ५० हजार रुपैयाँसम्म लिन्छन् । विभिन्न कहानामा भारतीय प्रहरी र भंसार कर्मचारीले ४०–५० हजार रुपैयाँसम्म अतिरिक्त पैसा लिने गरेको नेपाली निकासीकर्ताहरु बताउँछन् ।
राजधानी दैनिक– १९ वर्षअघिको लाउडा विमान भाडा प्रकरण भ्रष्टाचार मुद्दा सर्वोच्च पुगेको १२ वर्षमा १२ प्रधानन्यनयनधीश फेरिए । तर मुद्दाको किनारा लगाउन सकेका छैनन् । बिशेष अदालतबाट लाउडा प्रकरणका दोषीले सफाई पाएपछि अख्तियारले २०६४ माघ १३ गते सर्वोच्चमा मुद्दा पुनरावेदन गरेको थियो । । केदारप्रसाद गिरी प्रधानन्यायाधीश हुँदा दर्ता भएको मुद्दा अहिलेका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको पालासम्म आइपुग्दा किनारा लाग्न सकेको छैन ।
कान्तिपुर दैनिक– बैंक तथा वित्तीय संस्थाले लगानी गरेको मध्ये ६८ अर्ब ८० करोड रुपैयाँ कारोबारको ऋण कालोसूचीमा परेको छ । तोकिएको समयमा ऋणीले नतिरेपछि ऋण कालो सूचीमा परेको हो ।अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)ले बैंक तथा वित्तीय संस्थाको कर्जाको गुणस्तरमा शंका व्यक्त गरिरहेको समयमा खराब ऋणी बाहिर आएको हो ।
नागरिक दैनिक– नेपाली कांग्रेसमा असन्तुष्ट पक्षका नेताहरुले पार्टीको १४ औं महाधिवेशनको तयारी तत्काल थाल्नुपर्ने निष्कर्ष निकालेका छन् । केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा शनिबार अपरान्ह महामन्त्री शशमंक कोइरालाको निवासमा बसेको असन्तुष्ट पक्षका नेताहरुको भेलाले तत्तकाल १४ औ महाधिवेशन प्रक्रिया शुरु गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिनुपर्ने निष्कर्ष निकालेको हो ।
अन्नपूर्ण पोष्ट दैनिक– जग्गा मुआब्जा विवाद चर्किएपछि बागमती नदी सौन्द्र्यिकरण र करिडोर निर्माण ठप्प भएको छ । सिनामंगलस्थित भत्केको पुलदेखि बानेश्वरसम्म करिब २ किलोमिटर क्षेत्रमा मुआब्जा विवाद चर्किए छ । दुई दशकअघि गोकर्णश्वरदेखि गुहेश्वरीसम्मको जग्गा मुआब्जा विवाद समाधान हुन् नसकिरहेकै अवस्थामान अकौृ विवाद थपिएको हो ।