Logo माघ १३, २०७७ मंगलबार


चरचरी छाती चिरिने घटना, छोरीद्वारा नै आमाको विभत्स…

काठमाडौं । सुन्दा पनि अचम्म लाग्ने र बिश्वास गर्नै नसकिने घटना भक्तपुरमा भएको छ ।

चाँगुनारयाण नगरपालिकामा भएको घटनामा आफ्नै छोरीद्वारा ६० वर्षीया आमा सावित्री भट्टराईको हत्या भएकाे छ।

छोरी ईश्वरीको विवाह भई एक सन्तान समेत भइसकेको थियाे । आफ्नो श्रीमान हुँदाहुँदै ईश्वरी परपुरुषसँग लागेकी थिइन्,जसको जानकारी आमालाई थियो । विवाहित छोरीले ज्वाइँलाई धोका दिँदै परपुरुषसँग लागेको देखेर घर बिग्रिने डरले आमाले धेरैपटक सम्झाएकी थिइन् । तर छोरीले आफ्नो बानीलाई सुधार्नुको सट्टा आफैको भलो चिताउने आमाको हत्या गर्न विदेशबाट अपराधी मगाएर आमाकै ज्यान लिन पुगिन् ।

नेपाली समाजमा मातृ देबो भवः भनिन्छ र मानिन्छ । आफ्नो गर्भमा राखेर जन्म दिई ममतामयी वात्सल्यमा हुर्काइ बढाई आफ्ना सन्तानलाई राम्रो कामका लागि प्रेरित गर्ने आमाको नै हत्या गर्न पुगेकी इश्वरीको यो अपराधले अभिभाबकको सन्तानमाथिको भरोसा टुटेको छ ।

अवैध सम्बन्ध लुकाउनका लागि छोरीद्वारा आमाको हत्या भएको यो घटनामा आर्थिक पक्ष पनि जोडिएको देखिन्छ ।

घटनाको कारण, योजना र प्रहरी अनुसन्धानबाट खुलेका रहस्यका पोकाहरुकाे विस्तृत जानकारीका लागि जनता टेलिभिजनको कार्यक्रम सिएमडब्लुले तयार पारेको यो भिडियोः

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भु थापाले पार्लियामेन्टको हत्या गर्ने काम कार्यकारिणीको नभएको बताउनुभएको छ ।…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

रोजगारीमा नया जिम्मेवारी थपिनेछ । उत्साहले काम बन्नेछ । पारिवारिक छोटो यात्रा हुनेछ ।

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बहुमत प्राप्त दलका प्रधानमन्त्रीले संसद विघटन गर्न पाउनुपर्ने बताउँदै आउनुभएको छ ।