जतिबेला उसले दाइजो थोरै ल्याएको भन्दै ममाथि तुच्छ बचन लगाएर पिट्न सुरु गर्याे । छाँगावाट खसे जस्तै भएँ र आखाँबाट आँशुमात्रै बगिरहे । बोलि बन्द भयो । कुनै कुराको प्रतिकार गर्ने आँट आएन म मा । सोचेकी थिएँ, सुहागरातको प्रहरसँगै सुरु होला नयाँ जीवनको गुल्जार । तर भएको पनि उजाडियो ।
-धनु भुसाल “रातको १२ बजेको छ । छटपटी भइरहेको छ । छातिको घाउ चर्किंदा त्यो दुखाईले कतिपटक मुर्छा परेँ, आफैलाई थाहा छैन । स्तनको अप्रेसन गरेर थला परेकी म, मध्य जेठको टन्टलापुर गर्मी र प्यासले प्याकप्याक्ति हुँदा एक घुट्को पानीसमेत पिउन पाएकी छैन् ।तीन तलाको घर परिवारका सबैजना माथिल्लो तलामा । अनि म दोस्रो तलामा एक्लै । साथमा भएको मोबाइल लिएर पटक - पटक फोन गरेँ । पालैपालो म्यासेज गरेँ । तर अहँ ! कुनै ‘रेस्पोन्स’ आएन । मध्यरातमा सबैजना मस्त निद्रामा थिए या सबै जनाले निदाएजस्तो गरे ? उनिहरु नै जानुन् ।दाहिने स्तनको घाउको दुखाई भन्दा बढी थियो, उनीहरुको व्यवहारले देब्रे छातिमा थपिइरहेको पीडा । घाउको दुखाई, प्यास र मनको पीडाका अथाह आँशु यी एकैपटक आँखाबाट बरबर्ती कति बगे कति । ‘भित्ताको पनि कान हुन्छ र सुन्छ’ भन्ने नेपाली उखान भएपनि मेरो यो रुवाई र छटपटीको चिच्याहट आफ्नै भनिनेहरुले त सुनेनन्, बिचरा त्यो भित्ताले के सुन्थ्यो ?”यसरी राधाले एकै श्वासमा आफ्नो जीवन भोगाइका तथ्यगत वृतान्त सुनाई । सायद उ, आफ्नो मनमा गुम्सिएका सबै बह एकएक गर्दै पोखेर हलुका हुन चाहान्थी । उसका सपनाहरु केवल सपना मै सीमित रहेको उसको निश्कर्ष छ । तर जुन कुरा उसको कहिल्यै सपनामा पनि थिएन, त्यही विपना बनेर आइदिएको छ राधाकाे जीवनमा । राधा अगाडि भन्दै थिई, म सबै एक टकले सुनिरहेँ ।उनि अगाडि भन्न थालिन्.....“कुरा २०७५ जेठ १६ गतेको हो । दाहिने स्तनमा देखा परेको ट्युमरलाई फालेर घरमा आएकी थिएँ । बुवाले खानुपर्ने आवश्यक खाना जोहो गरेर जानुभएपनि साथमा भएको पानी सकियो । तर परिवारका कुनै सदस्य कस्तो छ ? भनेर एक पटक सोध्न समेत आएनन् । मान्छे कसरी यति निर्दयी बन्न सक्छ होला ? ज्यान सञ्चो हुँदा त हरेक दिन कुटपिट, गाली गलौज र यातना कति सहेँ कति । तर मनमा झिनो आशा थियाे कि, बिरामी पर्दा त कमसेकम कस्तो छ भनेर सोध्न आउलान् । अपसोच न श्रीमान आए न त परिवारका अरु कोही सदस्यले नै मेरो पीडाबुझ्ने प्रयत्न गरे ।यही बखत सम्झिएँ । स्व.तारादेवीको गीत ...
सोंचेजस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवनजस्तो भोग्यो उस्तै हुन्छ, देखेजस्तो हुन्न जीवन“हुन त यो गीतको आफ्नै कथा, व्यथा र पृष्ठभूमी थियो होला । तर आज आएर यो गीत मेरै लागि लेखिएजस्तो लाग्यो । रेडियोमा यो गीत बज्दा मैले सोचेजस्तै बनाउनु छ जीवन भन्दै गुनगुनाउने गर्थें । मैले नि एउटा सपना बुनेकीे थिएँ । ”
महिलालाई बजारको गुडियाको रुपमा मोलमोलाई गर्ने उसको प्रवृतिको अन्त्य गर्ने उपाय खोजिरहेकी छु । विवाहको तीन महिना बित्दै श्रीमानको निरन्तरको कुटाई तथा क्यान्सरसँग लडेको एक वर्षको यात्रा महसुस गर्ने तागत सायदै मान्छेसँग होला । तर सहज परिस्थितीमा आफ्नो भलाई खोज्ने, कर्तव्य पुरा गर्नबाट भाग्ने, महिलालाई खेलौना सम्झने ऊ जस्तो मानवको नाममा कलंकलाई सजाय नदिलाउँदासम्म शान्ति हुने छैन मेरो मन । आफ्नो अधिकारको लागि लड्न सक्ने भएकी छु ।”
“जब घरमा विवाहको कुरा चलेको थियो । सामाजिक क्षेत्रमा सक्रिय बुवाआमाले सोही क्षेत्रमा नै काम गर्ने केटाले नै छोरीको मनोभावना सजिलै बुझ्ला भन्ने महसुस गर्नुभयो । उ बेला बिहेबारे मलाई केही थाहा थिएन । हुन त उनीहरु अर्कैलाई हेर्न आएका रहेछन् । तर नजर म माथि परेछ । मेरो मागि विवाह भयो । २०७४ फागुन २९ गते राती टिकाटालो लगाएर ३० गते म विवाहको बन्धनमा बाँधिन पुगेँ, काठमाडाैंको हनुमान ढोका बहुउदेश्यीय सहकारी संस्था, न्यूरोड पशुपति प्लाजामा व्यवस्थापकको काम गर्ने अस्मिन भट्टराईसँग ।हेर्दा हतारमा विवाह गरेको देखिएपनि केटा पक्षले मेरोबारे बुझ्न कुनै कसर बाँकी भने राखेका थिएनन् ।एउटी छोरी मान्छेले विवाहपछि जीवनमा विभिन्न नाम र उपनामहरु पाउने गर्दछन् । ठिक त्यसै । स्वभावैले म पनि छोरीबाट श्रीमती मात्रै होइन, बुहारी, भाउजु लगाएत अन्य विभिन्न नाता एवं सम्बन्धमा जोडिन पुगेँ । आगामी जीन्दगी श्रीमानको मायामा जीवनको खुसीयालीमा हराउने र खुसीसाथ जीवन बिताउने कल्पना कति गरेँ कति ।“एकबारको जुनिमा अनेकौं उमंग, खुसी र सुख बटुल्ने सपना बुनेपनि आज मेरो कल्पना र सपनाबाट धेरै पर गएको छ मेरो जीवन ।”“विवाहको पहिलो रातको रङ्गीन कल्पना मैले पनि नगरेकी कहाँ हुँ र ? ऊ आउला र मेरो घुँघट हटाएर भन्ला, ‘तिमी मेरी हौ ।’ प्रेमले सुम्सुम्याउँला अनि म उसैमा समाहित हुँला !तर त्यो केवल मेरो स्वप्नमा मात्र सिमित रह्यो । जब मैले सुहागरातमा उसको प्यार होइन, अभद्र व्यवहार भोगेँ अनि थाह पाएँ, मेरा रंगीन सपनाहरु त केवल सिसाबाट निर्मित रहेछन् । जसले जीवनको आँखिझ्यालमा अडिन नै नपाई फुट्नुपर्यो ।जतिबेला उसले दाइजो थोरै ल्याएको भन्दै ममाथि तुच्छ बचन लगाएर पिट्न सुरु गर्याे । छाँगावाट खसे जस्तै भएँ र आखाँबाट आँशुमात्रै बगिरहे । बोलि बन्द भयो । कुनै कुराको प्रतिकार गर्ने आँट आएन ममा । सोचेकी थिएँ, सुहागरातको प्रहरसँगै सुरु होला नयाँ जीवनको गुल्जार । तर भएको पनि उजाडियो ।“बाबा दाइजो नलिई विवाह गर्ने हो मैले सधै भन्ने गर्थे । र विवाहको समयमा दाइजो नलिने केटासँग नै सहमती पनि भएको थियो । तर खै के भएछ पछि मेरो ढोलीसँगै पछिपछि लागेका थिए दाइजोका सामान पनि । ”“तर अचम्म के भने दाइजोका सामानहरु मैले देख्न नै पाईन । कुन्नी कहाँ गायब भए ति सबै चिज ? न कपडा राख्ने दराज भेट्छु, न सुत्ने बेड तथा विस्तरा । केवल सुनिरहनुपर्थ्याे दाईजो कम भएका भनाइहरु र जेठानी, देउरानीलाई गहना नदिइएको र सासुआमाको कचकच । अनि रातमा श्रीमान भनाउँदाको पिटाई । ”राधाले आफ्ना तीता भोगाइहरु सुनाइरहँदा मलाई यस्तो लागिरहेको थियो कि, उसले कुनै हिन्दी टेलिसिरियलको कुरा गरिरहेकी छे । दक्षिण भारतीय फिल्ममा देखाइएको कुनै दृश्य र पात्रको बारेमा मलाई बताइरहेकी छे । जुन प्राय फेमिली म्याटरहरुमा बनाइन्छन् । तर उसले सुनाएका सबै कुरा उसका आफ्नै वास्तविकता नै थिए । उसका पीडालाई सायद मेरा शब्दहरुले समेट्न सक्दैनन् ।“सोचेका सबै सपना क्षणभर मै चक्नाचुर भएका त थिए नै । तर पनि आफ्नो हिंसाको विषयमा बोल्ने पनि बाटो पनि बन्द गराईदिए उनीहरुले । अरुलाई सम्झाउन जति सजिलो हुन्छ त्यो भन्दा कयौँ गुणा गाह्रो हुँदो रहेछ आफूलाई सम्हाल्न । र आफैलाई पर्दा आफ्नै बारेमा बोल्न ।”“आफूलाई दिएको दबाब, र घरको कुरा परिवार (माइती) लाई सुनाएँ । काठमाडौँमा बस्दै आएका दिदी र भाइहरु समेत सुरक्षित नहुने देखियो । पिटाई र धम्कीले निरन्तरता पाइरहे मेरो जीवनमा । सधैं रातको १२ बजे घरमा आउने र साथी संगत पनि त्यस्तै थियो उसको । समूह बनाएर हिँड्ने आवारा प्रवृत्तिले म वाक्क नै भएँ । परिवार सहितको निरन्तरको धम्कीले दिदी र भाइलाई केही हुन्छ कि भन्ने डरले गर्दा उसको पिटाई खानु र यातना सहनुको अर्को कुनै विकल्प थिएन मसँग ।”मलिन अनुहारका साथ आफ्ना दर्दहरु सुनाई रही राधा ।“ हरेक दिन शारीरिक र मानसिक चोटमा बित्दै थिए । पुरै शरीर सधैं दुखिरहन्थ्यो । आफुलाई के हुन लागेको छ आफैलाई पत्तो हुँदैनथ्यो । सायद अर्धचेतन अवस्थामा भएर होला । श्रीमानका लात्तीका वर्षाहरुलाई सहजै लिएका हातखुट्टाले आराम खोजिरहेका थिए ।”“स्तन बेस्सरी दुख्यो सहनै नसक्ने गरी । दुखाई कम होला भन्दा दिनदिनै बढ्दै गएपछि दिदिलाई साथ लिएर अस्पताल पुगेँ । आवश्यक चेकजाँच सबै भयो । चिकित्सकले स्तनमा फ्क्याट कलेक्सन छ, आत्तिनु पर्दैन भन्ने सल्लाह दिए । तैपनि स्वाथ्य क्षेत्रमै आवद्ध दिदीले शल्यक्रिया नै गर्ने निधो गर्नुभयो ।अस्पतालमा भर्ना हुँदा होस वा अप्रेसनको समयमा । धेरै पटक फोन गरेर म अस्पतालमा छु, आउनु न भन्दा उ एक पटक पनि आएन ।“अब शल्यक्रियापछि निको होला भन्ने अपेक्षा सबैको थियो तर चिकित्सकले भने अनुसारको फ्याक्ट कलेक्सनमा क्यान्सर देखिएछ मलाई । छोरीलाई घरमा लैजानु । उसलाई जति खुसी दिनुहुन्छ, दिनुहोस । उसको अवस्था कमजोर भइसकेको छ । भनेर भनेर डाक्टरले भन्दा पनि मेरा लागि खुसी खोज्दै आशुँ लुकाएर हिड्नुभयो बुबा ।”“एउटा सन्तान जन्माउनु, हुर्काउनु, पढाउनु, र उमेर पुगेपछि उत्ती नै खर्च गरेर विवाह गरिदिनु हाम्रो समाजमा चलिआएको चलन हो । छोरीलार्ई विवाह गरिदिएपछि एउटा जिम्मेवारी पुरा गरेको महसुस गर्ने अन्य अभिभावकले जस्तो मेरो बुबाले कहिल्यै गर्नुभएन ।अस्पतालबाट घरमा लगेर परिवारलाई सबै जानकारी गराई मलाई पनि नआत्तिनु भन्नुभयो । म भोलिपर्सी आउँछु भन्दै विदा हुनुभएको बुबा मेरै निम्ती अर्को मिर्मिरमैे पानी बोकेर आउनुभएको थियो ।”उसको परिवारको राम्रो सहयोग नभएपनि भिनाजु र बुबाले भारतको राजीव गान्धी अस्पतालमा मलाई चेकजाँचको लागि लैजानुभयो ।मैले जीवनमै कहिल्यै बिर्सन नसक्ने र सबैभन्दा भारी दिन त्यहीँ आयो । जब म शौचालय गएकी थिएँ । बुबा र भिनाजुले बाहिर कुरा गर्नुभएको सबै आवाज प्रस्ट सुनिरहेकी थिएँ । सायद म शौचालय गएको थाहा नपाएर होला, मैले नसुन्ने गरी कुरा गरिरहनुभएको थियो । शौचालय बाहिर निस्कन ढोका के खोल्न लागेकी थिएँ, आकास खसेको र धर्ती नै भासिएको आभास भया मलाई । र आखाँबाट बर्सिन थाले आँशुका ढिक्काहरु !क्यान्सर चौथो चरणमा पुगेको, उपचारले निको हुने वा नहुने एकिन नभएको कुरा सुन्नुपरेको अहिले सम्झिँदा नि आँशु झर्छ । दिल्लीमा हुँदा पनि धेरै पटक फोन गरेँ उसलाई । यस्तो भएको छ, तपाई एक चोटी आउनुस् भनेर । उपचार खर्च जोड्न बुबालाई गाह्रो हुन्छ भन्दा तेरै बाउ धनी छ, जग्गा बचेर उपचार गर्न भन्यो । मैले घर किनेको पैसा अझै बुझाउन सकेको छैन म आउन सक्दिन भन्दै फोनमा झर्कियो उल्टै ।म एकातीर मृत्युको मुखमा पुगीरहेकी थिएँ । अर्कोतीर आफैले सिन्दुर हालेर सात फेरो घुम्दै अग्नी साक्षी राखेर कसम खाएको मान्छेलाई मेरो कुनै वास्ता थिएन । जसलाई पुरै जीवन सुम्पिएर आएकी थिएँ, उसैको न राम्रो बचन न त साथ ।किमोथेरापीले भन्दा बढि सिथिल उसैका बचनले बनाउँथे मलाई । सायद भाग्यमा बाँच्न लेखेको रहेछ । परिवार तथा साथीभाईको साथ र मायाले नै हो की, म मृत्युको मुखबाट जोगिएर फर्कें र पुर्नजीवन पाएँ ।“भोगाई र संघर्षले जीवनलाई नयाँ मोडतर्फ अगाडि बढाएको छ । हिंसा र क्यान्सर रोगसँग पोंठेजोरी खेल्दाखेल्दै पाएको नयाँ जीवनलाई सामाजिक क्षेत्रमा लगाउने भन्दै राधा क्यान्सर सचेतना फाउन्डेसन बनाएर स्तन क्यान्सर विरुद्धको अभियानमा लागेकी छु । २०६५ देखि शुरु गरेको सञ्चार यात्रालाई निरन्तरता दिँदै रेडियो मध्यविन्दुमा महिला हक अधिकारका विषयमा कार्यक्रम चलाउँदै आएकी छु ।”“विरामी हुँदा होस वा अघिपछि मेरो कुनै जोर चलेन, उसको जीवनमा । अहिले निको भएपछि मैले यति पैसा दिन्छु छोडपत्र दे र तेरो फाउण्डेसनलाई पैसा आउने वातावरण मिलाईदिन्छु भन्दै विभिन्न बाहनामा तनाव दिईरहेको छ । पटक - पटक परिवार, आफन्त र सरोकारवालाहरु बीच छलफल भएपनि मेरो जीवनको मोल गर्ने काम बाहेक केही हुन सकेको छैन । एक वर्षको अवधिमा कयाैं वर्षको कठिन यात्रा बिताएको महशुस भएको छ मलाई ।महिलालाई बजारको गुडियाको रुपमा मोलमोलाई गर्ने उसको प्रवृतिको अन्त्य गर्ने उपाय खोजिरहेकी छु । विवाहको तीन महिना बित्दै श्रीमानको निरन्तरको कुटाई तथा क्यान्सरसँग लडेको एक वर्षको यात्रा महसुस गर्ने तागत सायदै मान्छेसँग होला । तर सहज परिस्थितीमा आफ्नो भलाई खोज्ने, कर्तव्य पुरा गर्नबाट भाग्ने, महिलालाई खेलौना सम्झने ऊ जस्तो मानवको नाममा कलंकलाई सजाय नदिलाउँदासम्म शान्ति हुने छैन मेरो मन । आफ्नो अधिकारको लागि लड्न सक्ने भएकी छु ।”राधा यो समाजकी एउटी प्रतिनिधि पात्र मात्रै हो । यस्ता कति राधा होलान् जसले वषौँदेखि यातना सहेर बसेका छन् । उसको आत्मवृतान्त सुनेपछि लाग्यो, राधाको मनमा यति ठूलो बदलाको भाव त्यसै आएको होइन । दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो । हाम्रो रुढिवादी सोच कहिले बदलिएला मनमनै सोचमग्न भएँ ।क्यान्सर जित्न सफल भयौ । अब आफ्नो अधिकारको लागि हिम्मतलाई सारथि निरन्तर बनाएर अघि बढिरहु राधा ।