चालक निदाउँदा बस दुर्घटना, २९ जनाको मृत्यु

काठमाडौं । भारतको लखनउबाट दिल्ली जाँदै गरेका बस दुर्घटनामा २९ जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेश यमुना एक्सप्रेसको बस सोमबार बिहान आगरा नजिकै दुर्घटना भएको हो ।

५० यात्रु बोकेर लखनउबाट दिल्लीको जाँदै गरेको बस दुर्घटनामा अन्य २० जना घाइते भएका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा बस चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चालक निदाएर बसको नियन्त्रण गुमाउँदा बस राजमार्गबाट तल नहरमा खसेर दुर्घटना भएको बताइएको छ ।

बिहान ४ बजेर ३० मिनेटमा भएको दुर्घटना लगत्तै स्थानीय तथा सुरक्षाकर्मीहरु उद्दारमा जुटेका थिए । घाइतेहरुको लखनउस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केही महिला तथा बालबालिका पनि रहेका छन् ।

घटनापछि मुख्यमन्त्री योगी आदित्यनाथले उद्दार तथा राहत कार्यमा तदारुकता दिन निर्देशन दिएका छन् । मृतकका परिवारलाई सरकारले राहतस्वरुप ५–५ लाख रुपैयाँ दिने भएको छ ।

भारत संसारमै सबैैभन्दा बढी सवारी साधन दुर्घटना हुने राष्ट्रमध्येको एक हो । भारतमा हरेक ४ मिनेटमा एउटा दुर्घटना हुने गरेको तथ्यांक रहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । आज मंसिर ५ गते । तत्कालिन माओवादी विद्रोही र नेपाल सरकारबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति…

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अप्रत्याशित रुपमा दुई महत्वपूर्ण निर्णय गर्नुभएको छ…

जिम्मेवारी थपिनेछ, उत्साहले काम बन्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

आफैले बनाएको घर पनि आफ्नो नभएको महशुस भएपछि उहाँ घर छोडेर वृद्धाश्रममा बस्न पुग्नुभयो ।

जग्गाको कारोबार गर्दै आएका इनरुवाका अन्दाजी ४० वर्षका कारी यादवको हत्या भएको छ ।