‘नेपालमा पारमाणविक भट्टी केन्द्र’

काठमाडौं । विज्ञहरुले पारमाणविक भट्टी केन्द्र सञ्चालन गर्ने अनुमति निजी क्षेत्रलाई नदिन सरकारलाई सचेत गराएका छन् ।

प्राध्यापक सुरेन्द्रप्रसाद पण्डित र चिकित्सक शान्तलाल श्रेष्ठले ठूलाठूला युद्धमा प्रयोग हुने पारमाणविक भट्टी उत्पादन गर्ने अधिकार सरकारमा मात्रै निहित हुनु पर्ने पनि प्रष्ट पार्नुभयो ।

प्राध्यापक पण्डितले भारत र चीनजस्ता दुई ठूला छिमेकी मुलुकको बीचमा रहेको नेपालका लागि पारमाणविक भट्टीको स्थापना र सञ्चालन संवेदनशील विषय भएकाले त्यसतर्फ सरकारलाई गम्भीर भएर सोच्न पनि आग्रह गर्नुभयो । युद्धमा मानव संहार गर्ने त्यस्ता खालका भट्टी दुरुपयोग हुन नदिन सरकारले कडा निगरानी राख्नुपर्ने उहाँको भनाइ थियो ।

सोमबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षीत तथा शान्तिपूर्ण प्रयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै प्राध्यापक पण्डितले नेपालले पनि पारमाणविक भट्टी स्थापना गर्न सक्ने तर त्यसका लागि कडा नियमनकारी निकायको व्यवस्था हुनुपर्ने पनि प्रष्ट पार्नुभयो ।

बैठकमा चिकित्सक शान्तलाल श्रेष्ठले रेडियोधर्मी पदार्थको सुरक्षीत प्रयोगका लागि ल्याइएको विधेयक सही भएपनि पारमाणविक भट्टी स्थापना गर्ने सम्बन्धमा विधेयकमा समावेश गरिएको प्रावधान भने उचित नभएको बताउनुभयो । उहाँले पारमाणविक भट्टी स्थापना गर्न निजी क्षेत्रलाई दिने विधेयकको प्रावधान मान्य नहुने पनि स्पष्ट पार्नुभयो ।

विधेयकमा पारमाणविक भट्टी निजी क्षेत्रले पनि संचालन गर्न सक्ने प्रावधान राखिएको छ । त्यसप्रति विज्ञहरुको आपत्ति छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- काममा बाधा आउनेछ, अरुले निगरानी गर्नेछन् ।  वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट मुक्ति मिल्नेछ,…

अध्यक्ष पुप्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल त्रिगुटमा अहिले सचिवालय मात्र होइन, सिङ्गो पार्टी संरचना कोल घुमेजस्तै घुमिरहेको छ…

अहिले नियमित ६ जना महिला घरमै मुढा बुनेर तयारी भएपछि ल्याउने गरेको भट्टराईको भनाइ छ ।

नेकपाको आइतबार बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज छिनोफानो गरेको हो ।

पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकाँश क्षेत्रमा पहिरोको जोखिम रहेको हो ।

नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिका लागि ७ वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।