चार सवारी साधन ठोक्किए, १९ जनाको मृत्यु

फाइल तस्बिर

अबुजा । नाइजेरियाको उत्तरी क्षेत्रमा पर्ने एउटा गाउँमा भएको दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

कानो राज्य अन्तर्गतको डिन्यार माडीगा गाउँमा भएको घटना आइतबार राती अबेर भएको सडक सुरक्षा प्रहरीले सोमबार जनाएको छ । घटनास्थल कानोदेखि ८५ किलोमिटर टाढा पर्दछ ।

स्थानीय एक सुरक्षा अधिकारीले घटनाका बारेमा भने, ‘चार ओटा सवारी साधन ठोक्किएर दुर्घटना भएको हो, तीमध्ये दुई ओटा बस र अरु दुई ओटा कार रहेका छन् । उनीहरु एक अर्काका विपरीत दिशाबाट आएका थिए ।’

उनीहरु सबैले सडकमा रहेका खाल्डाखुल्डी छल्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरुले जनाएका छन् ।

घटनामा परी मृत्यु भएका मध्ये १४ जना बयस्क पुरुष, तीन जना बयस्क महिला र दुई जना बालबालिका रहेका छन् ।

नाइजेरियामा सडक दुर्घटना धेरै हुने गरेका छन् । विशेषगरेर क्षमताभन्दा बढी भारी, सडकको खराब अवस्था र चालकहरुको लापर्वाही तथा ट्राफिक नियमको उल्लंघन लगायतका कारणले सडक दुर्घटना हुने गरेको जानकारहरु बताउँछन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कौरब खत्री गुल्मी । ‘अपांगता पूर्वजन्मको पाप हो र अपांगता भएका व्यक्तिले समाजमा केही योगदान पुर्याउन सक्दैनन्’ भन्ने गलत धारणा…

विद्यानन्द राम सप्तरी । प्रधानाध्यापकले आर्थिक अनियमितता गरेको भन्दै विष्णुपुर गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियाका अभिभावकहरुले अनिश्चितकालिन रिले अनशन…

काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई जनचाहनाअनुसार काम गर्न दिनुभएको निर्देशनलाई प्राथमिकताका साथ…

जनता टेलिभिजनमा आज

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भूसालले कृषिक्षेत्रमा रहेको समस्यालाई समाधान गर्दै आधुनिक कृषि प्रणालीको विकास गरिने बताउनु…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराउनु भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले पद तथा…