गृहमन्त्रीकाे त्याे जवाफ, जसले संसद् बैठक अवरुद्ध पार्‍याे

काठमाडौं । मंगलबार बसेको प्रतिनिधि सभाको बैठक अवरुद्ध भएको छ ।

सप्तरी घटनाबारे गृहमन्त्रीले दिएको जवाफमा आपत्ति जनाउँदै प्रतिपक्षी नेपाली कांग्रेस र राजपाका सांसहरुले बैठक अवरुद्ध गरेको हो ।

के बाेले ग‌ृहमन्त्रीले ?

पछिल्लो समय सर्लाहीका तीन घटनामा गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै सासदहरुले संसद अवरुद्ध गरेका हुन् । गृहमन्त्री थापाले राज्य मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न प्रतिवद्ध रहेको भन्दै सोही क्रममा सर्लाहीको घटना भएको स्पष्ट पार्नुभएको थियो ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सर्लाही घटनाबारे सांसदहरुले उठाएको जिज्ञासाको सम्बोधन गर्दै उहाँले शान्ति सुव्यवस्था कायम गर्ने क्रममा सर्लाहीका घटना भएको बताउन भएको हो । विप्लव समुहका कार्यकर्ताले सर्लाहीको लालबन्दी र हरिवन इलाकामा स्थानीय जनप्रातिनिधि र व्यापारीलाई चन्दा माग्दै ज्यान मार्ने धम्की दिने गरेको गुनासो पछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै केन्द्रबाट परिचालित समुह र विप्लव समुहका जिल्ला इन्चार्ज कुमार पौडेलको समुहबीच जम्काभेट हुँदा पौडेल समुहको तर्फबाट फायरिङ भएको र जवाफी फायररिङको क्रममा कुमार पौडेलको मृत्यु भएको गृहमन्त्री थापाले बताउनुभएको थियो ।

सांसदहरुले तीनै घटनाको अध्ययनको लागि संसदीय समिति गठन नगरी बैठक चल्न नदिने भन्दै अवरोध गरेका हुन् । अवराेध भइरहेपछि सभामुख कृष्णबहादुर महराले प्रतिनिधि सभा  बैठक १५ मिनेटकाे लागि स्थगित भएकाे छ ।

भिडियाे 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

अध्यक्ष पुप्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल त्रिगुटमा अहिले सचिवालय मात्र होइन, सिङ्गो पार्टी संरचना कोल घुमेजस्तै घुमिरहेको छ…

अहिले नियमित ६ जना महिला घरमै मुढा बुनेर तयारी भएपछि ल्याउने गरेको भट्टराईको भनाइ छ ।

नेकपाको आइतबार बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज छिनोफानो गरेको हो ।

पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकाँश क्षेत्रमा पहिरोको जोखिम रहेको हो ।

नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिका लागि ७ वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

त्रियुगा नगरपालिका –९ राजाबासमा एक परिवारका ५ र कटारी नगरपालिका –४ सिसाघारीका २ परिवारका ७ गरी १२ जना बिरामी भएका…