Logo कार्तिक ९, २०७७ आइतबार


प्रधानमन्त्री ओलीलाई राष्ट्रिय परिचयपत्र

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पनि राष्ट्रिय परिचयपत्र लिनु भएको छ ।

प्रधानमन्त्री केपी ओलीलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दिपक काफ्लेले मंगलबार बिहान प्रधानमन्त्री निवासमै एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय परिचय पत्र दिनुभएको हो ।

त्यस अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि राष्ट्रिय परिचयपत्र दिइएको छ । त्यसैगरी विभागले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।

विभागका महानिर्देशक काफ्लेले पहिलो चरणमा १ लाख १७ हजार नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गरिएको जानकारी गराउनुभयो । उहाँले आगामी दुई वर्ष भित्र सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

संवैधानिक व्यवस्था अनुसार व्यक्तिको पहिचानलाई सुनिश्चित गर्न र उनीहरुलाई सरकारी सेवामा लिने आधारको रुपमा राष्ट्रिय परिचय पत्र वितरणको कामलाई सरकारले अघि बढाएको हो । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागलाई सरकारले काम आगामी २ वर्ष भित्र सम्पन्न गर्ने कार्यादेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

त्यतिकैमा जेठो छोरोको बोली वाण, तीर र भाला बनेर च्वास्स बिज्यो मनमा । अनि २२० भोल्टको करेन्ट लाग्यो जिउमा, एटम…

विभिन्न जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका हाे ।

काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ ।

'कृषि क्षेत्रमा भएका कामहरु सञ्चारमाध्यममा त्यत्ति आउन सकेन' मन्त्री भुसालले गुनासो गर्नुभयो ।