अश्लिल गीत निकालेको भन्दै हनी सिंहविरुद्ध मुद्दा (भिडियाेसहित)

काठमाडौं । भारतीय र्‍यापर हनी सिंहविरुद्ध मुद्दा दर्ता भएको छ । भर्खरै नयाँ गीत ‘मखना’मा सार्वजनिक गरेका हनीलाई महिलामाथि आपक्तिजनक र अश्लिल शब्द प्रयोग गरेको आरोपमा मुद्दा दर्ता भएको हो ।

राज्य महिला आयोगले पञ्जाब पुलिस चौकीमा मुद्दा दर्ता गरेको भारतीय मिडियाले लेखेको छ । उनीहरुको मुद्दा अनुसार हनी सिंह र भुषण कुमारको विरुद्ध गीतको माध्यमबाट अश्लिलता फैनाएको र धम्क्याएका मुद्दा चलाइएको हो ।

२०१८ डिसेम्बरमा गीत रिलिज भएपछि राज्य महिला आयोगकी अध्यक्ष र मनिसा गुलाटीले हनी सिंहलाई कारवाहीको माग गरेका थिए । मनिसाले पञ्जावको गृह सचिव र डीजीपीलाई चिठ्ठी लेखेर विरोध जनाएको समाचारमा उल्लेख छ ।

मनिसाले एक भारतीय मिडियासँगको कुराकानीमा भनिन्, ‘यो गीतमा महिलालाई अश्लिल शब्द प्रयोग गरिएको छ । यो शब्द हाम्रो समाजलाई पाच्य छैन । यस्तो गीतहरु पञ्जाबमा ब्याण्ड गर्नुपर्छ ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । आज मंसिर ५ गते । तत्कालिन माओवादी विद्रोही र नेपाल सरकारबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति…

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अप्रत्याशित रुपमा दुई महत्वपूर्ण निर्णय गर्नुभएको छ…

जिम्मेवारी थपिनेछ, उत्साहले काम बन्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

आफैले बनाएको घर पनि आफ्नो नभएको महशुस भएपछि उहाँ घर छोडेर वृद्धाश्रममा बस्न पुग्नुभयो ।

जग्गाको कारोबार गर्दै आएका इनरुवाका अन्दाजी ४० वर्षका कारी यादवको हत्या भएको छ ।