एसिया अटो जिमखाना च्याम्पियनशीप जाने खेलाडीको बिदाई

काठमाडौं । नेपाल मोटर्स स्पोर्टस क्लबले इण्डोनेशियामा हुने एसिया अटो जिमखाना च्याम्पियनशीप २०१९ मा भाग लिन जाने खेलाडीको बिदाई गरेको छ । २७ गतेदेखि इण्डोनेशियाको जाकार्तामा हुने पहिलो चरणको मोटर रेशमा भाग लिन जाने तीन जना खेलाडीको बिदाई गरेको हो ।

एक महिला राइडर सहित तीन जना राइडर खेलाडी र एक टिम लिडर सहित चार जनाको विदाई कार्यक्रम गरिएको हो । नेपाल मोटर राइडरहरुको लागि एउटा उपयुक्त स्थान भएकोले पनि यो खेलको विकासका लागि सरकारले ध्यान दिनु पर्ने क्लबका अध्यक्ष दीपक आचार्यले बताउनु भयो ।

अध्यक्ष आचार्यले यस खेलको माध्यमबाट नेपालमा एडभेन्चर्स पर्यटनको विकास गर्न सक्ने भएकोले पनि यस तर्फ राज्य र राष्ट्रिय खेलकुद परिषदको ध्यानाकर्षण गराउनुभयो । नेपालमा सिमित स्रोत र साधनको प्रयोग गरेर खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गरिरहेको अध्यक्ष आचार्यले दाबी गर्नुभयो ।

चार चरणमा हुने प्रतियोगिताको पहिलो चरणमा प्रतिस्पर्धा गर्न नेपालबाट राइडर अनिल बराल, आशिष भारती र जिस्मा तुलाधार बुधबार इण्डोनेशिया तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । क्लबलाई पीएलओ लुब्रिकेन्टले सहयोग गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- काममा बाधा आउनेछ, अरुले निगरानी गर्नेछन् ।  वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट मुक्ति मिल्नेछ,…

अध्यक्ष पुप्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल त्रिगुटमा अहिले सचिवालय मात्र होइन, सिङ्गो पार्टी संरचना कोल घुमेजस्तै घुमिरहेको छ…

अहिले नियमित ६ जना महिला घरमै मुढा बुनेर तयारी भएपछि ल्याउने गरेको भट्टराईको भनाइ छ ।

नेकपाको आइतबार बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज छिनोफानो गरेको हो ।

पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकाँश क्षेत्रमा पहिरोको जोखिम रहेको हो ।

नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिका लागि ७ वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।