बाबुले निकाले छोरालाई जागिरबाट

काठमाडौं । अनुचित काम गराउन कर्मचारीलाई दबाब दिने गरेको आरोप लागेपछि स्याङ्जाको विरुवा गाउँपालिकाले अध्यक्ष चुनप्रसाद शर्माका छोरा राजन पोखरेललाई जागिरबाट निष्कासन गरेको छ ।

कम्प्युटर अपरेटर सहायक पदमा कार्यरत उनलाई मंगलबार शर्मा र प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्य लगायतको बैठकले अवकाश दिने निर्णय गरेको हो ।

‘राजनजीले एउटा फाइल लिएर सही गराउन पसेपछि अधिकृतज्यू कार्यकक्ष नै छाडेर बाहिर आउनुभएको थियो, खैलाबैला भयो,’ गाउँपालिका सूचना अधिकारीसमेत रहेका इन्जिनियर रामचन्द्र गिरीले भने, ‘अध्यक्षज्यूसहितको बैठकले अवकाश दिने निर्णय गरेको छ । पत्र पनि बनिसक्यो । ’

प्रक्रिया नपुग्ने कामको फाइल स्वीकृत गर्न दबाब आएको भन्दै अधिकृत आचार्य मंगलबार कार्यकक्षबाट बाहिरिँदा कार्यालयको काम एक घण्टा ठप्प भएको थियो ।, कान्तिपुर दैनिकमा खबर छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कौरब खत्री गुल्मी । ‘अपांगता पूर्वजन्मको पाप हो र अपांगता भएका व्यक्तिले समाजमा केही योगदान पुर्याउन सक्दैनन्’ भन्ने गलत धारणा…

विद्यानन्द राम सप्तरी । प्रधानाध्यापकले आर्थिक अनियमितता गरेको भन्दै विष्णुपुर गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियाका अभिभावकहरुले अनिश्चितकालिन रिले अनशन…

काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई जनचाहनाअनुसार काम गर्न दिनुभएको निर्देशनलाई प्राथमिकताका साथ…

जनता टेलिभिजनमा आज

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भूसालले कृषिक्षेत्रमा रहेको समस्यालाई समाधान गर्दै आधुनिक कृषि प्रणालीको विकास गरिने बताउनु…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराउनु भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले पद तथा…