Logo मंसिर १४, २०७७ आइतबार


‘राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्छ’

काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिनु भएको छ ।

उपप्रधानमन्त्री पोखरेलले हिमाल, पहाड र तराई एकजुट भएर अघि बढेमात्रै मुलुकको राष्ट्रिय एकतालाई अझै बलियो बनाउँदै लैजान सकिने पनि स्पष्ट पार्नुभयो । बुधबार मधेशी आयोगले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुकको स्वाभिमानको रक्षा गर्न पनि सबै समुदाय एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको पनि दोहो¥याउनु भयो । उपप्रधानमन्त्री पोखरेलले तराई, मधेशका जनतामा देशभक्तिको भाव अति धेरै रहेको उल्लेख गर्दै उनीहरुको योगदानको खोजी गर्न पनि मधेशी आयोगलाई आग्रह गर्नु भयो ।

उपप्रधानमन्त्री पोखरेलले विभिन्न समुदायका आ–आफ्नै समस्या रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि पनि विचार–विमर्श गर्दै अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । उहाँले नेपालको राष्ट्रियताको संरक्षणमा तराई, मधेशका थारुलगायतका समूदायको पु¥याएको योगदानको पनि उचित कदर हुने गरी खोज र अनुसन्धानका कामलाई अघि बढाउन विज्ञहरुलाई समेत सुझाव दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

संक्रमणको जोखिम कम भएका विभिन्न स्थानीय तहमा पठनपाठन शुरु भएपनि काठमाडौं उपत्यकाको हकमा भने तत्काल विद्यालय नखुल्ने संकेत देखिएको हो…

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

ढकालले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरी निर्यात बढाउने तर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…