Logo कार्तिक ९, २०७७ आइतबार


‘बेथिति भित्र्याउने त्रिविका कर्मचारीमाथि कडा कारबाही’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गर्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयका कूलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले विश्वविद्यालय जस्तो पवित्र स्थलमा बेथिति भित्र्याउने तथा अनियमितता गर्ने कुनै पनि कर्मचारीमाथि कडा कारबाही हुने बताउनुभएको हो ।

त्रिभुवन विश्वविद्यालयको ६०औं वार्षिक दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित प्राज्ञ सभामा बोल्दै उहाँले विश्वविद्यालयमा गल्ती गर्ने कर्मचारीलाई सरकारले दण्ड र राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार दिने पनि प्रष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले मुलुकको शिक्षा क्षेत्रलाई विश्वमै प्रतिस्पर्धा गर्न लायक बनाउन सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो । उहाँले मुलुकको आवश्यकता अनुसार दक्ष जनशक्ति निर्माणमा अग्रसर हुन पनि सबै विश्वविद्यालयलाई आग्रह गर्नुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयको छविनै धुमिल हुने गरी गल्ती नगर्न विश्वविद्यालयका पदाधिकारीलाई सचेत गराउनुभयो । उहाँले विश्वविद्यालयभित्र कल्पनासमेत गर्न नसकिने खालका बेथिति भित्रिएको उल्लेख गर्दै दुःख व्यक्त गर्नुभयो ।

बैठकमा विश्वविद्यालयका उपकूलपति प्राध्यापक डाक्टर तीर्थराज खनियाँले विश्वविद्यालयको आगामी नीति तथा कार्यक्रमबारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

त्यतिकैमा जेठो छोरोको बोली वाण, तीर र भाला बनेर च्वास्स बिज्यो मनमा । अनि २२० भोल्टको करेन्ट लाग्यो जिउमा, एटम…

विभिन्न जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका हाे ।

काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ ।

'कृषि क्षेत्रमा भएका कामहरु सञ्चारमाध्यममा त्यत्ति आउन सकेन' मन्त्री भुसालले गुनासो गर्नुभयो ।