Logo कार्तिक ९, २०७७ आइतबार


हिलोमा रातो कार्पेटपछि सामाजिक सञ्जालमा जे देखियो

काठमाडौं । बुधबार त्रिभुवन विश्वविद्यालयको ६० औं वार्षिकोत्सव सम्पन्न भयो । वार्षिकोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री केपी ओली कीर्तिपुर पुग्नुभयो ।

बिहानैदेखिको वर्षाले राजधानीका अधिकांश स्थान हिलो र भिजेका थिए । यस्तै क्रममा प्रधानमन्त्री ओली पुगेको त्रिभुवन विश्वविद्यालय क्षेत्रमा पनि हिलो त हुने नै भइहाल्यो । वार्षिकोत्सवमा पुग्नुभएका प्रधानमन्त्री ओलीलाई स्वागत गर्न त्यहाँ रातो कार्पेट बिच्छ्याइएको थियो ।

तर विडम्बना रातो कार्पेटमुनि सग्लो जमिन थिएन । रातो कार्पेट मुनिको जमिनत हिलाम्य थियो । सम्मानको लागि हिलोमै ओछ्याइएको रातो कार्पेटमा प्रधानमन्त्री हिडेँको तस्बिरले अहिले सामाजिक सञ्जालमा खुब चर्चा पाएका छन् ।

प्रधानमन्त्री ‌ओलीकाे तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा तर्कहरु देखिन थालेका छन् । कतिपयले सामाजिक सञ्जालमा व्यङ्ग्य गर्दै प्रधानमन्त्री ओली समृद्धि र समाजवादतर्फ उन्मुख भएको टिप्पणी गरेको छन् । यस्तै अर्काथरीले भने प्रधानमन्त्रीकाे पक्षमा त्यहाँ कसरी जानुपर्ने भन्दै तर्क गरेका छन् ।

समाचारमा आएका तस्बिरहरु फेक भएको भन्दै बास्तविक तस्बिर अर्कै भएको बताएका छन् । बास्तबिक तस्बिर भनी राखिएको तस्बिरलाई फोटोसप गरेर हिलो भएको ठाउँमा घाँस उम्रेको देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

त्यतिकैमा जेठो छोरोको बोली वाण, तीर र भाला बनेर च्वास्स बिज्यो मनमा । अनि २२० भोल्टको करेन्ट लाग्यो जिउमा, एटम…

विभिन्न जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका हाे ।

काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ ।

'कृषि क्षेत्रमा भएका कामहरु सञ्चारमाध्यममा त्यत्ति आउन सकेन' मन्त्री भुसालले गुनासो गर्नुभयो ।