विश्वकप क्रिकेट : न्यूजिल्याण्ड फाइनलमा, भारत बाहिरियाे

काठमाडौं । न्यूजिल्याण्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको छ ।

बुधबार भएको सेमिफाइनल खेलमा भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्याण्ड फाइनल प्रवेश गरेको हो । पराजित भएसँगै भारत प्रतियाेगिताबाट बाहिरिएकाे छ । बेलायतको म्यान्चेस्टरमा बुधबार २४० रनको चुनौति पछ्याएको भारत खेल सकिन ३ बल बाँकी छँदा २२१ रनमा अलआउट भयो ।

दवाबमा परेको भारतको पारी उकास्ने क्रममा आठौं नम्बरका ब्याट्सम्यान रविन्द्र जडेजाले ७७ रन बनाए । जडेजालाई बलियो साथ दिएका पूर्वकप्तान महेन्द्रसिंह धोनीले ५० रन बनाए । रिसभ पन्त र हार्दिक पाण्ड्याले ३२–३२ रन जोडे तर अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् ।

ओपनरद्वय लोकेश राहुल र रोहित शर्मा १–१ रनमा आउट भए भने कप्तान विराट कोहली पनि १ रनमै आउट भए । दिनेश कार्तिक ६, भूवनेश्वर कुमार शुन्य र यसवन्त चाहल ५ रनमा आउट भए । जसप्रित बुमराहले कुनै पनि बल सामना गर्न पाएनन् ।

बलिङतर्फ मट हेनरीले ३ विकेट लिए भने ट्रेन्ट बोल्ट र मिचेल साट्नरले समान २–२ विकेट लिए ।

यसअघि न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३९ रन बनाएको थियो । मंगलबारका लागि निर्धारित खेल पानी परेपछि बुधबार खेलाइएको हो । खराब सुरुवात गरेको न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ६७ रन बनाउँदै टिमलाई उकासेका थिए । उनले हेनरी निकोलससँग ६८ रनको साझेदारी गरे । निकोलस भने २८ रनमा आउट भए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

अध्यक्ष पुप्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल त्रिगुटमा अहिले सचिवालय मात्र होइन, सिङ्गो पार्टी संरचना कोल घुमेजस्तै घुमिरहेको छ…

अहिले नियमित ६ जना महिला घरमै मुढा बुनेर तयारी भएपछि ल्याउने गरेको भट्टराईको भनाइ छ ।

नेकपाको आइतबार बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज छिनोफानो गरेको हो ।

पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकाँश क्षेत्रमा पहिरोको जोखिम रहेको हो ।

नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिका लागि ७ वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

त्रियुगा नगरपालिका –९ राजाबासमा एक परिवारका ५ र कटारी नगरपालिका –४ सिसाघारीका २ परिवारका ७ गरी १२ जना बिरामी भएका…