न्युजिल्याण्ड आईसीसी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश, सेमिफाइनलमा भारत १८ रनले पराजित

काठमाडाैं । न्यूजिल्याण्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेट फाइनलमा प्रवेश गरेको छ ।

न्यूजिल्याण्डले प्रस्तुत गरेको २ सय ४० रनको मध्यम लक्ष्य पछ्याइरहेको भारत १८ रनले पराजित भयो ।

भारत ४९ ओभर ३ बलमा सबै बिकेट गुमाउँदै २ सय २१ रनमा समेटियो । ९२ रनमा ६ बिकेट गुमाएको भारतको पारी एमएस धोनी र रविन्द्र जडेजाले उकासेका थिए । यी दुईले सातौं विकेटका लागि १ सय १६ रनको साझेदारी गरेका थिए । जडेजाले ७७ र धोनीले ५० रनको महत्वपूर्ण योगदान गरे ।

त्यसैगरि रिसभ पन्त र हार्दिक पाण्डेयले समान ३२ रन बनाए । न्युजिल्याण्डका लागि म्याट ह्यान्रीले तीन तथा ट्रेन्ट वोल्ट र मिचेल स्यान्टनरले समान दुई–दुई विकेट हात पारे ।

यसअघि टस जितेर पहिले व्याटिङ् गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर थप २ सय ३९ रन बनायो । न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सले ६७ र रोस टेलरले ७४ रन बनाएका थिए ।

अब न्युजिल्याण्ड २९ गते आइतबार हुने फाइनल खेलमा अस्ट्रेलिया र आयोजक इंग्ल्याण्डबीचको विजेता टिमसँग खेल्नेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कौरब खत्री गुल्मी । ‘अपांगता पूर्वजन्मको पाप हो र अपांगता भएका व्यक्तिले समाजमा केही योगदान पुर्याउन सक्दैनन्’ भन्ने गलत धारणा…

विद्यानन्द राम सप्तरी । प्रधानाध्यापकले आर्थिक अनियमितता गरेको भन्दै विष्णुपुर गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियाका अभिभावकहरुले अनिश्चितकालिन रिले अनशन…

काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई जनचाहनाअनुसार काम गर्न दिनुभएको निर्देशनलाई प्राथमिकताका साथ…

जनता टेलिभिजनमा आज

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भूसालले कृषिक्षेत्रमा रहेको समस्यालाई समाधान गर्दै आधुनिक कृषि प्रणालीको विकास गरिने बताउनु…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराउनु भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले पद तथा…