२४ घण्टाभित्र न्यूनचापीय रेखा नेपालमा, सतर्क रहन आग्रह

काठमाडौं । अहिले मनसुन न्यूनचापीय रेखा नेपालको नजिक रहेको छ। आगामी २४ घण्टा भित्र मनसुन न्यूनचापिय रेखा नेपालको पूर्वदेखि पश्चिम तराई भू–भागमा रहने माैसम विभागले जनाएकाे छ ।

बिहीबार देशभरको मौसम परिवर्तन भएको छ । देशका पूर्व–पश्चिमका धेरैजसो भूभागमा भारी वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभरको मौसम बदली भइ अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ। मनसुन सक्रिय भएका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको पानी पर्ने महाशाखाले जनाएको छ।

दिउँसो देशका अधिकांश स्थानको मौसम पूर्ण बदली भई धेरै स्थानमा वर्षाको सम्भावना छ। पश्चिमका एक –दुई स्थान, मध्य र पुर्वी क्षेत्रका एक –दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।

अहिले मनसुनी न्युनचापिय रेखा नेपालको नजिक रहेको छ। आगामी २४ घण्टासम्म मनसुन न्यूनचापिय रेखा नेपालको पूर्वदेखि पश्चिम तराई भू–भागमा रहने देखिन्छ। जसले गर्दा यी स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

मौसम सक्रिय भएर देशभर पानी पर्ने भएकाले नदीहरुमा पानीको बहाब बढ्ने महाशाखाले जनाएको छ। पश्चिमी भेगका एक – दुई स्थान, मध्य र पूर्वका थोरै स्थानहरुमा रहेका नदी तथा खोलाहरुमा पानीको स्तर बढ्ने भएकाले यी क्षेत्रका स्थानीय बासीन्दालाई उच्च सर्तकता अपनाउन विभागले आग्रह गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । आज मंसिर ५ गते । तत्कालिन माओवादी विद्रोही र नेपाल सरकारबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति…

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अप्रत्याशित रुपमा दुई महत्वपूर्ण निर्णय गर्नुभएको छ…

जिम्मेवारी थपिनेछ, उत्साहले काम बन्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

आफैले बनाएको घर पनि आफ्नो नभएको महशुस भएपछि उहाँ घर छोडेर वृद्धाश्रममा बस्न पुग्नुभयो ।

जग्गाको कारोबार गर्दै आएका इनरुवाका अन्दाजी ४० वर्षका कारी यादवको हत्या भएको छ ।