राष्ट्रिय वाणिज्य बैंक र घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहीबार सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीले हस्ताक्षर गर्नुभएको छ । सम्झौता पछि नेपाल घरेलु तथा साना उद्योग महासंघमा आवद्ध रहेका उद्यमीहरुलाई महासंघको सिफारिसमा बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा कर्जा लगानी गर्ने छ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात देशमा उद्यमशीलताको प्रशस्त विकास भई सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुगी रोजगारी श्रृजना समेत हुने बताउनुभयो । श्रेष्ठले बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २२१ वटै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सकिने बताउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीलले बैंकसंगको यो सहकार्यले घरेलु तथा साना उद्यमीहरुको वित्तीय पँहुचमा थप सघाउ पुग्ने बताउनुभयो । उहाँले महासंघमा हाल ३५ हजार उद्यमी साधारण सदस्य रहेको र महासंघको सिफारिस बमोजिम लगानी भएको कर्जामा संस्थागत जमानत समेत रहने हुँदा कर्जा असुलीमा महासंघको पनि नैतिक दायित्व रहने बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कौरब खत्री गुल्मी । ‘अपांगता पूर्वजन्मको पाप हो र अपांगता भएका व्यक्तिले समाजमा केही योगदान पुर्याउन सक्दैनन्’ भन्ने गलत धारणा…

विद्यानन्द राम सप्तरी । प्रधानाध्यापकले आर्थिक अनियमितता गरेको भन्दै विष्णुपुर गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियाका अभिभावकहरुले अनिश्चितकालिन रिले अनशन…

काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई जनचाहनाअनुसार काम गर्न दिनुभएको निर्देशनलाई प्राथमिकताका साथ…

जनता टेलिभिजनमा आज

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भूसालले कृषिक्षेत्रमा रहेको समस्यालाई समाधान गर्दै आधुनिक कृषि प्रणालीको विकास गरिने बताउनु…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराउनु भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले पद तथा…