डिएसपी हुँ भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । नेपाल प्रहरीको डिएसपी हुँ भनी ठगी गर्दै हिँड्ने एकजनाई प्रहरीले पक्राउ गरेको छ ।

ठगीको अभियोगमा धादिङ धुनिबेसी नगरपालिका–२ घर भएका ३८ वर्षीय राजेन्द्रप्रसाद लुईटेललाई काठमाडौं नागार्जुन नगरपालिका–७ सितापाईलाबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

लुईटेलले काठमाडौं चन्द्रागिरी बस्ने व्यक्तिलाई आफू नेपाल प्रहरीको सिआइबीमा कार्यरत डिएसपी हुँ भन्दै सेक्युरिटी कम्पनीमा ५ प्रतिशत सेयर हाल्न लागि दवाव दिँदै भेट र फोन गर्ने गरेको खुलेको छ । साथै उनले नगद १० हजार रुपैयाँ लिइसकेको र अन्य रकम माग गर्दै गरेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

उनको साथबाट एक थान रेडियो सेट र नगद १० हजार रुपैयाँ प्रहरीले बरामद गरेको हो । पक्राउ परेका लुईटेल उपर ठगी मुद्दामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोरोनालाई पराजित गरेर ६ वर्षीया बालिका घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?

सरकारको काममा जनमासको विश्वास छाओस् । सरकारको जितमा नै जनताको खुशी र जित छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग्ने भएको छ । मन्त्रालयको बुधबारको बैठकले ‘हेल्थ…

काठमाडौं । संघीयता खारेज गर्न माग गर्दै संसदमा प्रस्ताव दर्ता भएको छ । संघीयताको पहिल्यैदेखि विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले…

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दोलखाका वृद्धले कोरोनाको कारण जीवन गुमाएका हुन्…