रंगशालाको काम छिट्टै शुरु हुने

काठमाडौं । निर्माण कार्य स्थगित भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम छिट्टै शुरु हुने भएको छ । बिहीबार धुर्मुस–सुन्तली फाउण्डेसनले प्रेस विज्ञप्ति जारी गरी रंगशाला निर्माणको काम अघि बढाउने जानकारी दिएको हो ।

विज्ञप्तिमा चिवनवासीले आगामी दिनमा रंगशाला निर्माणमा रुकावट नहुने प्रतिवद्धता जनाएपछि कामलाई निरन्तर अगाडि बढाउन लागिएको सिताराम कट्टेलले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘हामी स्थगित भएको निर्माण कार्यलाई सुचारु गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्यमा आ–आफ्नो स्थान र क्षेत्रबाट ऐक्यबद्ध भइदिनुहुन अपिल गर्दछौँ ।’

‘हरेक काम समयमा नै कम लागत तथा पारदर्शी ढङ्गबाट हुनुपर्छ भन्ने कुरामा हामी सदैव सजग र सतर्क छौँ,’ उहाँले भन्नुभयो, ‘जे नहुनु थियो भयो । त्यस गल्तीलाई सच्याउन त नसकिएला तर नदोहोरियोस् भन्ने कामना गर्दछौं, हामीलाई विश्वास छ त्यस्तो वातावरण फेरि नदोहोरिनेमा चितवन जिल्लावासीहरु समेत सजग भई प्रतिबद्ध रहनुहुनेछ ।’

स्थानिय बासिन्दाले रंगशालाको तारबारमाथि डोजर चलाएपछि फाउण्डेसनले गत जेठ १५ गतेदेखि रंगशाला निर्माणको काम बन्द गरेको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । आज मंसिर ५ गते । तत्कालिन माओवादी विद्रोही र नेपाल सरकारबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति…

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अप्रत्याशित रुपमा दुई महत्वपूर्ण निर्णय गर्नुभएको छ…

जिम्मेवारी थपिनेछ, उत्साहले काम बन्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

आफैले बनाएको घर पनि आफ्नो नभएको महशुस भएपछि उहाँ घर छोडेर वृद्धाश्रममा बस्न पुग्नुभयो ।

जग्गाको कारोबार गर्दै आएका इनरुवाका अन्दाजी ४० वर्षका कारी यादवको हत्या भएको छ ।