Logo माघ १३, २०७७ मंगलबार


उर्लियो हनुमन्ते, प्रशासनद्वारा उच्च सतर्कता

नारायण थापा
भक्तपुर । अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरु भएको छ । हिजोदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोला भन्दामाथि आएपछि बस्तीमा पानी पस्न थालेको हो ।

हनुमन्तेमा बाढी उर्लिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले हनुमन्ते नदी आसपासका बासिन्दालाई उच्च सर्तकतामा रहन आग्रह गरेको छ भने नदी किनारामा बसेका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले हनुमन्तेमा बाढी बढेकाले नदी आसपासका बासिन्दालाई उच्च सर्तकतामा रहन आग्रह गरेको बताउनुभयो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रजिअ सहित नेपाली सेना, प्रहरी सहितको टोलीले डुबानको जोखिममा रहेको क्षेत्रको अनुगमन समेत गरेको छ ।

‘हनुमन्ते नदी किनाराका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरेका छौ, बाढी बस्तीमा पसेमा तत्काल उद्धार गर्न नेपाली सेना, प्रहरी लगायतको विपद व्यबस्थापनका टोली समेतलाई तयारीमा राखेका छौ’, श्रेष्ठले भन्नुभयो, ‘नेपाली सेनाका टोली जोखिम रहेको ठाउँमा परिचालन भएका छन् ।’

नदी थुनिएको ठाउँमा नेपाली सेनाको टोलीले खोला खोल्ने काम गरिरहेका छन् । बाढी भक्तपुर नगरपालिकाको सूर्यविनायक राममन्दिर, बाराहीस्थान, मध्यपुरथिमिको राधेराधे, शंखधर चोक, सूर्यविनायक नगरपालिकाको बालकोट, चारदोबाटो लगायतका क्षेत्रमा बाढी बस्तीमा पस्न थालिसकेका छन् । शंखधर चोकबाट दधिकोट जाने पुल भासिएको छ । मध्यपुरथिमि नगरपालिकाका बिस्कुट कारखाना, तरकारी बजार लगायतका क्षेत्र डुबानमा परेका छन् ।

नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी सहित अन्य स्वयं सेवकको टोलीहरु भक्तपुरमा आईपर्ने विपदमा हुने जोखिम न्यूनिकरणका लागि उच्च सतर्कतामा रहेका छन् । प्रतिनिधि सभाका सांसद महेश बस्नेतको पहलमा यस वर्ष २० लाख रुपैयाँको विपद व्यबस्थापन एवं उद्वार सामाग्रीहरु खरिद गरेर उद्वारको तयारीमा राखेको छ ।

गतवर्ष असार २८ गते परेको भीषण वर्षाका कारण आएको बाढीले भक्तपुर नगरपालिकाको जगातीदेखि सल्लाघारीसम्म, मध्यपुरथिमि नगरपालिकाको राधेराधे क्षेत्र कमरोटार क्षेत्र, मध्यपुर अस्पताल, शंखधर चोक, अरनिको राजमार्ग, सागबारी, सूर्यविनायक नगरपालिकाका कटुञ्जे, बालकोट लगायतका क्षेत्रमा हनुमन्तेको बाढी पस्दा सयौ घर डुबानमा पर्नुका साथै करोडौंको क्षति भएको थियो ।

यसवर्ष हनुमन्ते करिडोर निर्माण शुरु भएसँगै हनुमन्तेको बाढी बस्तीमा नपस्ने आशामा बसेका यहाँका बासिन्दाहरु भूमाफियाको चलखेलमा हनुमन्ते करिडोर निर्माण रोकिएर थप समस्या आएको हो ।

सांसद बस्नेतले बाढीको जोखिममा रहेका क्षेत्रको अनुगमन गर्दै हनुमन्ते करिडोर निर्माण रोकिदा थप समस्या आएको बताउनुभयो । उहाँले हनुमन्ते करिडोर निर्माण रोकिएकै क्षेत्रमा पानीको बहाब फर्किएर गएको पाईएको बताउँदै जोखिम न्यूनिकरण गर्ने आवश्यक पहल भईरहेको बताउनुभयो ।

२०७५ मंसिरदेखि हनुमन्ते करिडोरको निर्माण कार्य शुरु भई असार मशान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको हनुमन्ते करिडोर निर्माण असार लागे लगत्तै भूमाफियाको चलखेलमा रोकिएको छ ।

मध्यपुर थिमि नपा–३ र सुर्यविनायक नपा–३ मा पर्ने चारदोबाटो क्षेत्रमा निर्माण कार्य पुगेपछि २०२१ सालको नापी नक्सा अनुसार खोला बग्न दिन हुन्न भन्दै भूमाफियाहरुले अबरोध पुर्याएपछि करिडोर निर्माण रोकिएको बालकोटका रामशरण श्रेष्ठले बताउनुभयो ।

शुक्रबार आएको बाढी करिडोर निर्माण रोकिएकै ठाउँबाट फर्किएर बस्तीमा बस्न थालेको बताउदै यसबाट हुने क्षतिको जिम्मेवारी रोक्ने व्यक्तिहरुले लिनुपर्ने बताउनुभयो ।
मध्यपुरथिमि नगरपालिका क्षेत्रमा ब्लक कारखानाले पर्खाल लगाएर दुई दशकदेखि कब्जा गर्दै आएको करोडौको मूल्य पर्ने सात रोपनी सार्वजनिक जग्गा झिक्न पर्खाल भत्काएपछि भूमाफियाको चलखेलमा हनुमन्ते करिडोरको काम रोकिएको स्थानीयको गुनासो छ ।

जग्गा धनीको सहमति अनुसार सूर्य विनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिकाले संयुक्त रुपमा तयार पारेको नक्सांको आधारमा दीर्घकालिन रुपमा समस्या समाधान गर्ने गरि नदीको बहाबलाई व्यवस्थित गर्दै जग्गाको बिबाद ल्याण्ड पुलिङ्गको माध्यमबाट समाधान गर्ने, अतिक्रमण भएका सार्वजनिक जग्गाहरु फिर्ता गरी व्यबस्थित गरिने सहमति अनुसार करिडोर निर्माण भएपछि एक महिनादेखि रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भु थापाले पार्लियामेन्टको हत्या गर्ने काम कार्यकारिणीको नभएको बताउनुभएको छ ।…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

रोजगारीमा नया जिम्मेवारी थपिनेछ । उत्साहले काम बन्नेछ । पारिवारिक छोटो यात्रा हुनेछ ।

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बहुमत प्राप्त दलका प्रधानमन्त्रीले संसद विघटन गर्न पाउनुपर्ने बताउँदै आउनुभएको छ ।