Logo कार्तिक ९, २०७७ आइतबार


प्रधानमन्त्री ओलीद्वारा प्रसुति गृहको भवन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रसुति तथा स्त्री रोग अस्पतालको नव निर्मित भवनको उद्घाटन गर्नुभएको छ ।

भूकम्पबाट क्षतिग्रस्त भवन भत्काएर जापानी सहयोग नियोग (जाइका) को सहयोगमा भवनको निर्माण सम्पन्न भएको हो ।

प्रधानमन्त्री ओलीेले अस्पतालमा पार्किङ लगायतका समस्या समाधानका लागि सरकारले विशेष सहयोग गर्ने बताउनुभयो । ‘नेपालमा पहिलो पटक प्रसुति सेवाको विशिष्ट सेवा दिन निर्माण गरिएको अस्पताल ४० शैयाबाट शुरु भएकोमा हाल ४ सय शैया पुगेको छ’, ओलीले भन्नुभयो, ‘अझै स्तरोन्नति गरेर गुणस्तरीय सेवा दिनुपर्छ ।’

प्रधानमन्त्री ओलीले भूकम्पका कारण असहज भएको सेवा नव निर्मित भवनबाट पुनः सुचारु हुँदा सहज वातावरण बनेको बताउँदै दातृ निकायका प्रतिनिधिलाई धन्यवाद दिनुभएको थियो ।

अस्पताल निर्माण, डिजाइन, सुपरीक्षण, परामर्श सेवा, फर्निचर, मेडिकल उपकरण लगायत गरी २ अर्ब ३६ करोड खर्च भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

त्यतिकैमा जेठो छोरोको बोली वाण, तीर र भाला बनेर च्वास्स बिज्यो मनमा । अनि २२० भोल्टको करेन्ट लाग्यो जिउमा, एटम…

विभिन्न जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका हाे ।

काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ ।

'कृषि क्षेत्रमा भएका कामहरु सञ्चारमाध्यममा त्यत्ति आउन सकेन' मन्त्री भुसालले गुनासो गर्नुभयो ।