कुवेतको अपार्टमेन्ट आगलागीमा तीन नेपालीको मृत्यु

काठमाडौं । कुवेतको महाबुल्लास्थित अपार्टमेन्टमा भएको आगलागीमा तीन जना नेपालीको मृत्यु भएको छ । आगलागीमा परेका तीनै जनाको पहिचान खुलेको छ ।

कुवेतको अलबहार फर क्लिनिङ कम्पनीमा कार्यरत कामदार मध्य दुई घरेलु महिला र एक पुरुष गरी तीन नेपालीको मृत्यु भएको कुवेतस्थित् नेपाली दूतावासका द्वितीय सचिव ज्ञानबहादुर मगरले जानकारी दिनुभयो ।

दूतावासका अनुसार मृत्यु हुनेमा सर्लाहीका २९ वर्षीय विजय बैठा, अप्सरा कामी र गौरी दर्जी रहेका छन् । अप्सरा र गौरीको ठेगाना नखुलेको दुतावासले जनाएको छ । उनीहरु आफ्नो मालिकको घर छाडेर अपार्टमेन्टमा बस्दै आएका थिए । बैंठा कुवेतको अलबहार फर क्लिनिङ कम्पनीमा कार्यरत थिए ।

आगलागीमा परेर घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइते १२ जनालाई उद्धार गरिएको र मृतक नेपालीको शव फवार्निया अस्पतालमा राखिएको दूतावासले जनाएकाे छ  ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…

काठमाडौं । सुर्खेतमा कोरोना भाइरस संक्रमणबाट २० वर्षीय युवकको मृत्यु भएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ का…

डोटी । भारतबाट फर्किका २ महिलाले क्वारेन्टाइनमै शिशु जन्माएका छन् । दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले…

मेष– झमेलामा पर्न सकिनेछ । आफन्त निष्ठुरी हुनेछन् । वृष– भोजनको मज्जा मिल्नेछ । पारिवारिक भेटघाट रहनेछ । मिथुन– स्वास्थ्यमा…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?