शिल्पाले डिभोर्स मागेपछि मध्यरातमा छविको खुलापत्र

काठमाडौं । नायिका शिल्पा पोखरेलले निर्माता एव‍‍ं श्रीमान् छविराज ओझासँग सम्बन्ध विच्छेद माग गरेकी छन् । श्रीमान ओझासँग पारपाचुकेको माग गर्दै शिल्पाले आइतबार काठमाण्डौं जिल्ला अदालतमा निवेदन दिएकी हुन् ।

श्रीमानसँग शिल्पाले सम्बन्ध विच्छेद माग गरेकाे खबर साेमबार सार्वजनिक भएलगत्तै निर्माता ओझाले सोमबार मध्यरातमा खुलापत्र लेखेका छन् । छविराज ओझाको खुलापत्र जस्ताको तस्तैः

शिल्पा जी,
मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमतीसँग सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सँग चाहिँ जिन्दगी बिताउन सक्छु होला भनेर जिन्दगीका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो । तपाईं छातिमा हात राखेर आज एकिछिनलाई आफैलाई नढाटी सम्झनुस्, तपाइले लगाएका कति आरोपहरु सत्य छन रु यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आश्वाासन दिलाए जस्तै मेरो बुढेसकालको साहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमी कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु । अरुको कुरा नसुन्नुस्, आउनुस् हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाई साँच्चै म सँग बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस् । मेरो ईतिहास पल्टाएर हेर्नुस्, आजसम्म मैंले कुनै पनि श्रीमतीलाई अन्यायमा पारेको छैन । तपाईंलाइ पनि पार्दिंन । मैंले बिगत ३ दिनदेखि तपाईलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाईंलाई अब मेरो वकिलले भेट्छ भन्नु भयो । म फेरि पनि भन्दैछु, संसारको कुनै पनि अदालतमा जानु पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस् । तपाईले न्याय पाउनु हुन्छ ।
शुभरात्री !

सम्बन्धित समाचारः ‘घाँटी थिचेको थिच्यै गरेपछि मात्र पुलिस स्टेसन गएकी हुँ’ (भिडियोसहित)

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– साताको शुरुमा घरायसी समस्याले पिरोल्नेछ । निजी काममा चिन्ता थपिने एवं चिसोको बाधा रहनेछ । साताको मध्यमा भने आम्दानी…

मेष- साथीभाइ भेटघाट हुनेछ, धनको सुख मिल्नेछ । वृष- रोगबाट मुक्ति मिल्नेछ, रमाइलोमा खर्चको वृद्धि हुनेछ । मिथुन- शैक्षिक क्षेत्रमा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको झोब जिल्लामा…

भगीरथ भण्डारी इलाम । इलामा उद्योग वाणिज्य संघ मंगलबारे शाखाले व्यवसाय प्रवर्द्धन भइरहेको क्षेत्रका लागि सामग्री वितरण गरेको छ ।…