‘घाँटी थिचेको थिच्यै गरेपछि मात्र पुलिस स्टेसन गएकी हुँ’ (भिडियोसहित)

काठमाडौं । छविराज ओझासँगको विवादपछि नायिका शिल्पा पोखरेल पहिलोपटक मिडियामा आउनुभएको छ । न्यूज फिल्मीसँगकाे २५ मिनेट लामाे कुराकानीमा उहाँले आफूमाथि शारीरिक र मानसिक यातना दिएको खुलासा गर्नुभएको छ ।

उहाँले छविले आफूलाई कानमा चट्कन हानेको बताउनुभएको छ । आफू डाक्टरकोमा गएको र अब केहि दिनमा ठिक हुने स्पस्ट पार्नुभयो । ‘केहि दिन ठुलो आवाजको नजिक नजान डाक्टरले सुझाव दिनुभएको छ’, शिल्पाले भनिन्, ‘घटनाको ४–५ दिनसम्म गाला सुन्निएको थियो ।’ छविलाई आफूले ३ बर्षदेखि माफी दिएको उहाँको भनाइ छ ।

अरु समयमा पनि घाँटी थिच्ने र छोड्ने गरेको भएपनि अन्तिमपटक छविले घाँटी लामो समयसम्म थिचेको थिच्यै गरेको शिल्पाले उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘छविले छाँटी थिचेको थिच्यै पार्दा सबै सकिएको झैँ लाग्यो, केही गर्दा पनि नसकेर खुट्टाले पन्छाएर भागेकी हुँ ।’ आफू सहनै नसक्ने अत्याचारमा परिसकेपछि मात्र मिडियामा आएको उहाँले बताउनुभयो । हेरौँ शिल्पासँगको कुराकानी जस्ताको तस्तैः

सम्बन्धित समाचारः शिल्पाले डिभोर्स मागेपछि मध्यरातमा छविको खुलापत्र

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– साताको शुरुमा घरायसी समस्याले पिरोल्नेछ । निजी काममा चिन्ता थपिने एवं चिसोको बाधा रहनेछ । साताको मध्यमा भने आम्दानी…

मेष- साथीभाइ भेटघाट हुनेछ, धनको सुख मिल्नेछ । वृष- रोगबाट मुक्ति मिल्नेछ, रमाइलोमा खर्चको वृद्धि हुनेछ । मिथुन- शैक्षिक क्षेत्रमा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको झोब जिल्लामा…

भगीरथ भण्डारी इलाम । इलामा उद्योग वाणिज्य संघ मंगलबारे शाखाले व्यवसाय प्रवर्द्धन भइरहेको क्षेत्रका लागि सामग्री वितरण गरेको छ ।…