१३ सय रियालमा बेचिइन् नेपाली चेली !

काठमाडौं । पाँच महिनामा विश्वका ६ स्थानबाट २ सय ३९ नेपालीको उद्दार भयो । तिनैमध्येकी एक हुन्, रसुवाकी सुनिता तामाङ । उनको सपना दुनियाँका लागि खासै ठूलो थिएन । सामान्य परिवारलाई जन्मे–हुर्केकी उनी भाइबहिनीलाई पढाएर ठूलो मान्छे बनाउन चाहन्थिन् । त्यही झिनो सपनाले सुनितालाई कुवेतसम्म पुर्यायो ।

गाउँकै चिनेजानेका एकजना दाइले उनको सपना साकार गर्न विदेश जार्नैपर्ने सुझाव दिएपछि सुनिता तयार भइन् । तिनै दाइले उनलाई रसुवाबाट काठमाडौं हुँदै कुवेतसम्म पुग्न सहयोग गरे । सुरुमा सुनितालाई ती दाइ भगवान जस्तै लाग्यो । तर, उनको त्यो सोच लामो समय टिकेन ।

कुवेत पुगेपछि मात्र सुनिताले आफू बेचिएकी थाहा पाइन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले उनलाई गत चैत २५ गते उद्दार गर्यो । ब्युरोका एसपी गोविन्द थपलियाका अनुसार उनलाई १३ सय रियालमा बेचिएको रहेछ । तर, उनलाई बेच्ने मानिस पक्राउ परेका छैन ।

उद्दारपछि सुनिताले कसैमाथि जाहेरी नदिएकाले बेचबिखनमा संलग्न व्यक्ति पक्राउ नपरेका हुन् ।,अन्नपूर्णले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…

मेष– यात्रामा तनाव हुनेछ । प्रेममा प्रगति रहनेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । मिथुन– सम्पत्ति…