साउनमा किन लगाइन्छ हरियो चुरा र मेहेन्दी ?

काठमाडौं ।  साउने संक्रान्ति पर्व शुरु भएसँगै महिलाहरुमा मेहेन्दी र हरियो चुरा लगाउने प्रचलन छ ।

वनजंगल, खेतवारी मात्र नभई साउन महिना शुरु भएपछि महिलाहरुका हातमा हरियो चुरा र मेहेन्दी देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् । अविवाहित युवती पनि राम्रो वर प्राप्त होस् भन्ने भनि हरियो चुरा र मेहन्दी लगाउँछन । तर, यो चलन कहिलेबाट आयो र किन साउन मै हरियो चुरा र मेंहन्दी लगाइन्छ भन्नेबारे सबैलाई थाहा नहुन पनि सक्छ ।

हिन्दू धर्मग्रन्थका अनुसार ‘साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन् । र साउनमा जताततै हरियाली हुने हुनाले त्यही हरियालीमा रमाएर महादेवबाट सौभाग्य प्राप्तिको खुसी प्राप्त गर्न पाइन् ।’

प्राचीन किंवदन्ती अनुसार मेहेन्दी, हरियो चुरा र व्रत्र बस्दा विवाहित महिलाका श्रीमानको आयु बढ्छ । यसको वैज्ञानिक तथ्य पनि रहेको छ । विवाहित महिलाले यसरी चुरा मेहेन्दी लगाउँदा उनीहरुको सुन्दरता सामान्य भन्दा बढ्ने गर्छ जसले श्रीमानमा श्रीमतीको आकर्षण कायम राख्छ । श्रीमतीले व्रत्र बस्दा स्वास्थ राम्रो हुनुका साथै श्रीमाती प्रति श्रीमानको सम्बन्ध प्रगाढ हुने गर्दछ ।

साथै चुरा लगाउँदा यसको ध्वनिले मानिसको मस्तिष्कलाई एकाग्रता राख्न मद्दत गर्दछ । चुराको आवाजले मानिसको मस्तिष्कलाई अन्य धेरै नै फाइदा पुर्याउने वैज्ञानिकहरुको भनाइ छ ।

याे पनि पढ्नुहाेस्

साउन सम्झाउने चुरा

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

खनालले जनताले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी नेकपालाई दिएकाले त्यो जिम्मेवारी ऐतिहासिक रुपमा पुरा गर्ने बताउनुभएको हो ।

मनाङ । ङिस्याङ गाउँपालिका हुम्डेबाट देखिएको अन्नपूर्ण तेस्रो हिमालको मनोरम दृश्य । यस स्थानमा हिमाल आरोहण गर्ने पर्यटकका लागि लागि…

देशका विभिन्न भूभागमा पूर्खाहरुले जोडेका त्यस्ता अनुपम ऐतिहासिक धरोहरहरु पछिल्लो पूस्ताले सम्हाल्न सकिरहेको देखिँदैन ।

पर्याप्त साधन, स्रोत र स्पष्ट म्यान्डेट दिएर सीमा रक्षाका लागि सरकारले लिम्पियाधुरा लगायत जुनसुकै कुनामा पठाए पनि सशस्त्र प्रहरी जान…

जब जब भारतले नेपाली भू–भाग अतिक्रमण गरेको प्रकरण सतहमा आँउछ तब तब नेपालीहरुले राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गरेको यो कालजेयी…

यात्रा सास्ती मिल्नेछ । व्यापारमा आम्दानी हुनेछ ।