‘गोठालो लाग्न सकिन्न ?’ भन्दै थर्काए सञ्चारमन्त्रीले कर्मचारीलाई (भिडियोसहित)

कान्ति न्यौपाने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले कर्मचारीतन्त्रमा ढिलासुस्ती र आलटाल गर्ने प्रवृत्ति देखिएको भन्दै नतिजामुखी काम गर्न निर्देशन दिनुभएको छ ।

मन्त्री बास्कोटाले कर्मचारीतन्त्रमा देखिएको ढिलासुस्तीले गत वर्षमा सोचेजस्तो परिणाम नदेखिएको भन्दै चुस्तदुरुस्त भएर काम गर्न निर्देशन दिनुभएको हो । बुधबार सञ्चार मन्त्रालयको वार्षिक प्रगति प्रतिवेदन र विभागीय प्रमुखसँगको कार्यसम्पादन करार सम्झौता कार्यक्रममा मन्त्री बास्कोटाले काममा ढिलासुस्ती र लापरवाही गर्ने कर्मचारीलाई तत्कालै कारवाही गरिने चेतावनी समेत दिनुभयो ।

मन्त्रालयको प्रगति पूँजीगत खर्च ८० प्रतिशत बढेको र आगामी वर्षंमा अझ सुधार गरेर अघि बढ्ने मन्त्री बास्कोटाको भनाइ छ । सञ्चारमन्त्री बास्कोटाले भन्नुभयो, ‘कर्मचारीको गोठालो लाग्न सकिन्न, पत्रपत्रिकाको पहिलो पेजमा जहिले पनि नराम्रा समाचार मात्रै होइन राम्रो कामको पनि प्रचार हुनुपर्यो ।’
भिडियो हेर्नुहोस :

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काम ढिला बन्नेछ । स्वास्थ्यमा समस्या दोहोरिनेछ । वृष– दाजुभाइबाट सहयोग पाइनेछ । काममा फाइदा हुनेछ । मिथुन– भोजनको…

मन्त्री गोकर्ण विष्टले श्रमिकको पारिश्रमिक अनिवार्य रुपमा बैकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गर्नुभएको छ ।

चेनडाँडामा रहेको एनसेल टावरमा फेरि आगजनी भएको छ ।

झुठाे विवरण बुझाएको पाइएमा कर छली कसुर अनुसार नै कारबाही हुने व्यवस्था गरिएको हो ।

मन्त्रीले दोषीलाई कारबाही गर्न बैठकमा उपस्थित सचिवलाई निर्देशन नै दिनुभयो ।