गलबन्दीकी अञ्जली अधिकारी नेपाल प्रहरीमा भर्ती !

काठमाडौं । नेपाली महिलाको महान पर्व तिज नजिकिदै गर्दा चर्चित गायिका मेलिना राईको आवाजमा ‘नाच दिदी बहिनी’ गीतको भिडियो सार्वजनिक भएको छ ।

ड्रिम्स गेट इन्टरटेन्मेन्टको आधिकारीक युट्युव च्यानलबाट शुक्रबार तिज गित सार्वजनिक भएको हो ।

तिज गीतमा चर्चित मोडल अञ्जलि अधिकारी प्रहरी जवानको भूमिकामा देखिएकी छन् । अरु सारा दिदी बहिनी तिजमा रमाउदै गर्दा प्रहरी दिदी बहीनी सुरक्षामा खट्छन् भन्ने भावको गीतमा प्रहरीको जिम्मेवारीसहितको सन्देश दिन खोजिएको छ । नेपाल प्रहरीको पोशाकमा अञ्जलीको सुन्दरता थप खुलेको छ ।

गीतको भिडियोमा अञ्जलीको साथमा जुम्ल्याहा दिदी बहिनी नविता, कविता र कैलाशको अभिनय हेर्न सकिन्छ ।

कैैलाश रोकाहाकोे शब्द÷संगीत रहेको गीतमा बिनय कार्की क्षेत्रीको संगीत संयोजन छ । दिपक गिरीको छायाँकन, अनिश खत्रीको नृत्य निर्देशन रहेको गीतको दृश्य सम्पादन गिरीश रीजालले गरेका हुन् ।

गौरव गिरीको निर्देशनमा गीतको भिडियो हेर्न लायक बनेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– साताको शुरुमा घरायसी समस्याले पिरोल्नेछ । निजी काममा चिन्ता थपिने एवं चिसोको बाधा रहनेछ । साताको मध्यमा भने आम्दानी…

मेष- साथीभाइ भेटघाट हुनेछ, धनको सुख मिल्नेछ । वृष- रोगबाट मुक्ति मिल्नेछ, रमाइलोमा खर्चको वृद्धि हुनेछ । मिथुन- शैक्षिक क्षेत्रमा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको झोब जिल्लामा…

भगीरथ भण्डारी इलाम । इलामा उद्योग वाणिज्य संघ मंगलबारे शाखाले व्यवसाय प्रवर्द्धन भइरहेको क्षेत्रका लागि सामग्री वितरण गरेको छ ।…