३ सय बिजुली बस किन्न ३ अर्ब निकासा

काठमाडौं । सरकारले ३ सय वटा बिजुली बस किन्न ३ अर्ब रुपैयाँ निकासा गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार साझा यातायातलाई बस खरिद र संचालनको जिम्मेवारी दिएको छ । प्रदुषण रहित उपत्यका बनाउन विद्युतीय बस सञ्चालन गर्ने योजना अन्तर्गत यो रकम दिइएको हो । साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेले ३ अर्ब रुपैयाँ साझालाई प्राप्त भइसकेको जानकारी दिए ।

‘युरो ४ मापदण्डका बस सञचालन गरिराखेका छौँ’ पाण्डेले भने, ‘उपत्यकालाई विद्युतीय बसको सहर बनाउने साझाको अभियान हो, त्यो जारी रहन्छ ।’ बिजुली बस खरिदका लागि प्रदेश ३ सरकारले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड र ललितपुर महानगरपालिकाले २ करोड रुपैयाँ प्रदान गरेका छन् । ‘यो रकम पनि विजुली बस खरिदकै लागि हो’ पाण्डेले भने, ‘टेण्डर आह्वान गरेर खरिद प्रक्रिया अगाडि बढाउँछौँ ।’

मन्त्रिपरिषद बैठकले पनि साझालाई बिजुली बस खरिद गर्ने जिम्मा दिने निर्णय गरेको हो । त्यसपछि मन्त्रालयले साझालाई बिजुली बस खरिदका लागि ‘स्पेसिफिकेसन’ समेत तोकिएको छ ।, कान्तिपुर दैनिकले खबर छापेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी ओलीले गौरा बिशिष्ट पर्व भएको बताउनु भएको छ ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ ।

सुदूरपश्चिममा आज सार्वजनिक बिदा दिइएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले ईपीजी को प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा गृहकार्यका लागि ईपिजी सचिवालयलाई निर्देशन दिने सहमति भएको बताउनुभएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कला संगीतमा प्रगति हुनेछ । विद्यामा सफलता मिल्नेछ । वृष– जग्गा जमिनमा कलह पर्नेछ । आफन्तमा फाटो आउनेछ । मिथुन– दाजुभाइको सहयोग…