Logo मंसिर १०, २०७७ बुधबार


न्यून चापीय रेखा दक्षिणतिर, यस्तो छ मौसमको अवस्था

काठमाडौं । मुलुकमा अप्रत्यासित वर्षा गराइरहेको मनसुन न्यून चापीय रेखा दक्षिणतिर सर्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुनी गतिविधि देशभर कम सक्रिय भइरहेको जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशको पूर्वी र मध्य क्षेत्रमा सामान्य बदलीको सम्भावना छ । पूर्वी र मध्य क्षेत्रका थोरै र पश्चिम क्षेत्रका एक–दुई स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ ।

यस्तै, राति देशभर सामान्य बदली रही देशका केही स्थानमा वर्षाको सम्भावना छ। देशका मध्य र पूर्वी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

आगामी २४ घण्टामा देशका मध्य र पूर्वी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । पहाडी भू–भागमा पहिरो जान सक्ने र पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत बढ्न सक्ने भएकोले सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

माइलोमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।