नेकपाले जिल्ला इन्चार्ज र सह-इन्चार्ज टुंग्यायो (नामसहित)

कान्ति न्यौपाने
काठमाडौं
। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सबै जिल्लाको इन्चार्ज र सह-इन्चार्ज टुंग्याएको छ । नेकपाको आइतबार बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज र सह-इन्चार्ज छिनोफानो गरेको हो । ६ महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जलाई कार्यसमितिकै हैसियतमा रहने गरी टुंगो लगाइएको छ ।

सचिवालय सदस्य वामदेव गौतमले सहमतिका आधारमा जिल्ला इन्चार्ज र सह-इन्चार्ज तोकिएकाे बताउनुभयाे ।

पूर्व सहमति अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएको छ । तत्कालीन एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा तत्कालीन माओवादीको सह–इञ्चार्ज र तत्कालीन माओवादीको इञ्चार्ज भएको जिल्लामा तत्कालीन एमालेको सह–इञ्चार्ज र । तत्कालीन एमाले र माओवादी केन्द्रका तत्कालीन इञ्चार्जहरूले नै इञ्चार्ज र सह–इञ्चार्जको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा ३२ वटै विभागको नेतृत्वबारे पनि छलफल भएको छ । तर विभाग नेतृत्व चयन भने हुन सकेन । जिल्ला सह–इन्चार्ज र विभागको नेतृत्वबारे छलफल गर्न सचिवालयको अर्को बैठक मंगलबार बस्ने भएको छ ।

इन्चार्ज र सह–इन्चार्जको नामावलीः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

धनुषा । बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति…

मेष– साताको शुरुमा घरायसी समस्याले पिरोल्नेछ । निजी काममा चिन्ता थपिने एवं चिसोको बाधा रहनेछ । साताको मध्यमा भने आम्दानी…

मेष- साथीभाइ भेटघाट हुनेछ, धनको सुख मिल्नेछ । वृष- रोगबाट मुक्ति मिल्नेछ, रमाइलोमा खर्चको वृद्धि हुनेछ । मिथुन- शैक्षिक क्षेत्रमा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको झोब जिल्लामा…