चोरीको मोटरसाइकलसहित चार पक्राउ

भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले नक्कली ब्लुबुक र चोरीको मोटरसाइकलसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा नगरपालिका–५ का १९ वर्षीय बालकृष्ण विश्वकर्मा, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–५ का १९ वर्षीय राकेश लामा, सोही ठाउँका २१ वर्षीय फुर्साङ लामा र तेमाल–९ का २४ वर्षीय दावा लामा रहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्ति कोइरालाले जानकारी दिनुभयो । उनीहरु मोटरसाइकलको नक्कली ब्लुबुकसहित पक्राउ परेका हुन् ।

यस्तै प्रहरीले मध्यपुरथिमि–१ लोकन्थलीबाट हराएको बा ७ प ५४७१ नम्बरको मोटरसाइकलसहित गाईघाट घर भई हाल ललितपुरको टिकाथली बस्ने १९ वर्षीय दीपक थापामगर र सिन्धुपाल्चोक तौथली घर भई हाल ललितपुरको टिकाथली बस्ने २१ वर्षीय कुमार नेपाललाई पक्राउ गरेको छ ।

यसैगरी प्रहरीले मध्यपुरथिमि–४ क्षयरोग अस्पताल नजिकबाट बा १ ख ८९१० नम्बरको बसमा यात्रुको झोला लुटेर भाग्दै गरेका ओखलढुङ्गाको चम्पादेवी–१ का २१ वर्षीय गोपाल कार्कीलाई पक्राउ गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी ओलीले गौरा बिशिष्ट पर्व भएको बताउनु भएको छ ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ ।

सुदूरपश्चिममा आज सार्वजनिक बिदा दिइएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले ईपीजी को प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा गृहकार्यका लागि ईपिजी सचिवालयलाई निर्देशन दिने सहमति भएको बताउनुभएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कला संगीतमा प्रगति हुनेछ । विद्यामा सफलता मिल्नेछ । वृष– जग्गा जमिनमा कलह पर्नेछ । आफन्तमा फाटो आउनेछ । मिथुन– दाजुभाइको सहयोग…