दुई किलो सुनसहित पक्राउ

काठमाडौं । नागढुङ्गाबाट दुई किलो सुनसहित एकजना पक्राउ परेका छन् ।

भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख ६५२ नम्बरको यात्रुवाहक बस जाँच गर्ने क्रममा रसुवा गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेसी घर भएका भीमबहादुर तामाङ पक्राउ परेका हुन् ।

कपडाले कम्मरमा बाँधेर ल्याएको अवस्थामा दुई किलो सुन बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

विशेष सूचनाका आधारमा परिसर र प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले गए राति चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गामा सवारी जाँच गर्ने क्रममा तामाङ सुनसहित पक्राउ परेका हुन् ।

तामाङलाई आवश्यक कारवाहीका लागि आइतबार राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– साताको शुरुमा घरायसी समस्याले पिरोल्नेछ । निजी काममा चिन्ता थपिने एवं चिसोको बाधा रहनेछ । साताको मध्यमा भने आम्दानी…

मेष- साथीभाइ भेटघाट हुनेछ, धनको सुख मिल्नेछ । वृष- रोगबाट मुक्ति मिल्नेछ, रमाइलोमा खर्चको वृद्धि हुनेछ । मिथुन- शैक्षिक क्षेत्रमा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको झोब जिल्लामा…

भगीरथ भण्डारी इलाम । इलामा उद्योग वाणिज्य संघ मंगलबारे शाखाले व्यवसाय प्रवर्द्धन भइरहेको क्षेत्रका लागि सामग्री वितरण गरेको छ ।…